१८ माघ, पर्वत । पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुङमा एक बृद्ध बेवारिसे अवस्थामा भेटिएकी छिन् ।
अन्दाजी ८० बर्षिय बृद्ध माघ १५ गतेका दिन दुर्लुङमा भेटिएकी हुन् । आफ्नो परिचय स्पष्ट दिन नसक्ने उक्त बृद्ध महिला आज ४ दिन सम्म दुर्लुङका स्थानीयबासीहरुको संरक्षणमा बस्दै आएकी छिन् ।
बृद्ध भएपनि देख्दा सफा सुग्घर र हिडडुल गर्न सक्ने तर आफ्नो परिचय दिन नसक्ने भएकाले पहिचान गराउन अप्ठ्यारो भएको स्थानीयबासी गोलमान गुरुङले बताउनुभयो ।
गुरुङले बृद्धका आफन्तहरुको खोजि गरिदिनका लागि जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँले स्थानीय सञ्चारकर्मीहरुलाई समेत आफन्त खोजि कार्यमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
बेवारिसे अवस्थामा भेटिएकी बृद्धले आफ्नो ठेगाना सही रुपमा नबताउने र सोध्ने क्रममा दुई तीन स्थानको ठेगाना दिने गरेपछि मानसिक सन्तुलनमा समस्या भएको बुझिएको उहाँले बताउनुभयो ।
समाचार लेखक सन्तोष थापा पर्वतबाट पत्रकारिता गर्छन ।




