१९ माघ, पर्वत । पर्वत जिल्ला साक्षर जिल्ला वनेको छ। विहीवार एक समारोह गरेर जिल्लालाई साक्षर घोषणा गरियो ।
साक्षर जिल्ला समारोह समितिको आयोजनामा भएको समारोहका वीच प्रतिनिधी सभाका सदस्य पदम गिरीले जिल्ला लाई साक्षर भएको घोषणा गरेका हुन् ।
साक्षर घोषणासभामा वोल्दै गिरीले साक्षरता अभियान निरन्तरताको अभियान रहेका कारण निरन्तर शिक्षामा जोड दिए । उनले समग्र जिल्लालाई पूर्ण साक्षर वनाउन सबैजना एकजुट भएर लाग्नुपर्ने वताए ।
साक्षर अभियानको विकासको एक खुड्किलो मात्रै रहेकाले अव सयौँ पाईला अगाडी वढ्नुपर्ने गिरीले वताए ।
कार्यक्रममा प्रदेश सभा साँसद नेत्रनाथ अधिकारी,साँसद ललितकला गुरुङ, जुना नेपाली, गायत्री गुरुङ, क्षेत्रीय शिक्षानिर्देशनालय पोखराका निर्देशक डा. भोजराज काफ्ले,महाशिला गाउँपालीकाका अध्यक्ष राजु पौडेल, मोदी गाउँपालीकाका अध्यक्ष प्रेमप्रसाद पौडेल , कुश्मानगरपालीकाका उपप्रमुख सीता काफ्ले लामिछाने,पूर्व साँसद कल्पना चापागाई लगायतले वोलेका थिए ।
जिल्ला शिक्षा समितिका अध्यक्ष मनोहर वि. पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा स्वागत जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्री र विद्यालय निरिक्षक उद्धिमराज पौडेलले गरेका थिए ।
घोषणासभा अगाडी कुश्मावजारमा ¥याली गरिएको थियो ।
जिल्लाका १५ देखी ६० बर्ष उमेर समूहका ९६.९३ प्रतिशत जनसंख्या साक्षर भएपछि पर्वतलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
पर्वत साक्षर भएसंगै प्रदेश नम्बर ४ का सबै ११ जिल्लापनी साक्षर वनेका छन् ।
पर्वत साक्षर घोषणा भएपछि प्रदेश नम्बर ४ पहिलो साक्षर प्रदेश वनेको छ ।
राष्ट्रिय अभियान अन्र्तगत २०६८ बाट साक्षर घोषणा गर्ने कार्यक्रम लागु भएपनि पर्वतमा भने आर्थिक बर्ष २०७०/७१ वाट मात्र यो कार्यक्रम शुरु भएको थियो ।
जिल्लामा साविकको वनौ गाविसलाई २०७० जेठ २६ गते साक्षर घोषणा गरेर अभियानको थालनी गरिएको थियो ।
पहिलो वर्ष २०७०/७१ मा ५ वटा साविकका गाविस घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा १०, २०७२÷०७३ मा ३५,२०७३/०७४ मा ११ वटा वडा साक्षर घोषणा गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालयका अनुसार सबैभन्दा वढि साक्षरता दर साविकको त्रिवेणी गाविसमा रहेको छ ।
उक्त गाविसमा ८ जनामात्रै निरक्षर रहेका छन् भने साविकको भुकताङ्लेमा सबैभन्दा कम साक्षरता दर रहेको छ ।
भुकताङलेमा १३२ जना निरक्षर रहेका छन् ।
अहिले पनि २ हजार ६ सय ४१ जना निरक्षर रहेका छन् । यो वर्ष १ हजार १ सय २२ जनालाई साक्षर वनाउने जिल्ला शिक्षा कार्यालयको लक्ष्य रहेको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा गरिएको सर्वेक्षणमा पुरुष साक्षर संख्या ३२ हजार ३ सय ३६ र महिला साक्षर संख्या ४८ हजार ३ सय ४८ रहेको छ ।
राष्ट्रि«य मापदण्ड अनुसार ९५ प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
समाचार रोशन तिवारीले लेखेका हुन ।




