Print

सांसद गिरीले आफैले अध्ययन गरेको विद्यालयमा भवनको शिलान्यास गरे

५ पुस, पर्वत । मंगलबार विजय उत्सव मनाउन गृह गाउँ कुश्मा नगरपालिका दुर्लुङ पुगेका सांसद पदम गिरी र प्रदेश सांसद नेत्रनाथ अधिकारीले संयुक्त रुपमा विद्यालयको भवन शिलान्यास गरेका छन । दुर्लुङको काफलचौर माध्यमिक विद्यालयको भवन गिरी र अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।

उक्त विद्यालयमा सांसद गिरीले कक्षा १० सम्मको अध्ययन पुरा गरेका थिए । विद्यालयको पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले मंगलबार विद्यालयमा आयोजीत एक कार्यक्रमका वीच भवनको शिलान्यास गरेका हुन ।

झण्डै २० लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको बजेट केन्द्रिय अनुदान मार्फत गिरीले यस अघि नै ब्यवस्थापन गरेका छन । विद्यालयमा पुग्दा निकै भावुक देखिएका गिरीले शिलान्यास पछि पत्रकारसंग कुराकानी गर्दै आफूले प्रारम्भिक शिक्षा ग्रहण गरेको विद्यालयमा सांसदको भूमिकामा पाइला टेक्न पाउँदा हर्षले विभोर भएको बताए ।

विद्यालयका पूर्व विद्यार्थी र पूर्व ब्यवस्थापन समितिका अध्यक्ष रहेका गिरीलाई विद्यालयले सोहि दिन सम्मान समेत गरेको थियो । विद्यालय ब्यवस्थापन समिति र शिक्षकहरुले सामूहिक रुपमा गिरीलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोहि अवसरमा सांसद अधिकारीलाई समेत विद्यालयले सम्मान गरेको थियो ।