४ पुस, पर्वत । जिल्लाको कुश्मा नगरपालिका दुर्लुङका जनतामा झण्डै ३ दशक पछि खुशी फर्किएको छ । राजनैतिक दलका नेता र मन्त्रीको गाउँ भनेर चिनिने साविकको पर्वत जिल्लाको दुर्लुङ गाविसमा मंगलबार झण्डै ३ दशक पछिको खुशीयाली देखिएको थियो ।
२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा तत्कालीन क्षेत्रबहादुर गुरुङ्गको बिजय पछि झण्डै ३० बर्ष पछि दुर्लुङ पुत्रले संसदीय राजनीतिमा विजयको माला फहिरिए । त्यो खुशीयालीमा मंगलबार दुर्लुङबासीमा छुट्टै ताम झाम थियो । उत्साह थियो । रौनक थियो । दुर्लुङबासीको मुहारमा हर्षको उत्साह थियो । दुर्लुङको सल्यानबाट शुरु भएको विजय उत्सव कोटगाउँ हुँदै सरौनचौर हुँदै गाउँ बस्ती बस्ती डुल्यो । नेकपा एमालेका सबैभन्दा कान्छा जिल्ला अध्यक्ष पदम गिरीले दुर्लुङबासीको त्यो मुहारमा खुशी फर्काइदिएका हुन ।
जिल्लाको राजनीतिमा देशकै सर्वश्रेष्ठ मन्त्री पद समेत पाएको दुर्लुङ विगत लामो समय देखि नेतृत्व विहिन बनिरहेको थियो । तत्कालीन छिमेकी गाविस शिवालयले लगातार संसद पायो । शिवालय गाविसले कांग्रेसबाट पाएको सांसदलाई दुर्लुङका कांग्रेस नेताले टुलुटुलु हेरेर मात्र बसे । त्यसको केहि बर्षमै एमालेको तर्फबाट युवा नेता गिरीले जिल्लाकै उत्कृष्ट मत ल्याएर प्रतिनिधि सभाको सांसद पद हत्याए । त्यो उमंगमा गिरी निकट एमाले कार्यकर्ता मात्र होइन, कांग्रेस, राप्रपा र अन्य पार्टीका कार्यकर्ता समेत विजय उत्सवमा सहभागी थिए ।
२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधीसभामा सदस्य पदका उमेदवार नवराज गुरुङ नेकपा(एमाले)का कृष्णप्रसाद भट्टराईंग पराजित भए । गुरुङ २०७० सालको को दोस्रो संबिधानसभा निर्वाचनमा पर्वतको क्षेत्र नं २ मा पुगेर चुनाब लडे तर एमालेका बिकास लम्साल संग पनि पराजय भए । तर पहिलो पल्ट देशको संविधान जारी भएपछिको निर्वाचनमा लडेका गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका लगातार ३ पटक संसदीय राजनीतिमा विजय भएका अपराजीत नेता अर्जुन जोशीलाई पराजीत गर्दै ३ दशकको इतिहास कायम गरे । सानो उमेर मै राजनीतिमा लामो इतिहास बोक्दै गिरीले जोशीलाई भारी मतान्तरले पराजीत गरे ।
योसंगै मंगलबार कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङमा छुट्टै रौनक छाएको थियो । ‘गरिब परिवारमा जन्मेको म तपाईको सवै पिडा बुझ्छु’ गिरीले विजयी सभालाई सम्बोधन गर्दै भने–‘सवैको मुहार हसाउँने गरी काम गर्छु ।’ खानेपानीको ठूलो समस्या रहेको दुर्लुङमा गिरीले पानी बोक्दा बोक्र्दै थाकेका बाबा आमाको शरीरले अव भने केहि शान्ती पाउने आश्वासन समेत दिए । जेष्ठ नागरिक, अपाङगता भएका ब्यक्ति एकल महिलाको पक्षमा आगामी बामपन्थी सरकारले विशेष कार्यक्रम ल्याउने बताउदै गिरीले आफूलाई मतदान गर्ने र नगर्ने सवैलाई कार्यक्रममा धन्यवादन समेत दिए ।




