बैशाख १५ बाग्लुङ । काठेखोला गाउँपालिका ५ बिहुँकोट सिरपालि स्थित नवयुबक आधारभूत बिद्यालयमा नमुना बाल क्लवको पुनर्गठन गरिएको छ |बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, शिक्षक, बिद्यार्थीहरुको उपस्थितमा आगामि एक बर्षको लागि नविन पुन को अध्यक्षतामा १३ सदस्यिय बाल क्लवको गठन गरिएको हो |
क्लवको उपाध्यक्षमा पवित्रा कडेंल, सचिव अजय सुनार, सहसचिव सिता क्षेत्री र कोषाध्यक्षमा अनिषा बि.क सर्वसम्बत चयन भएका छन् | यस्तै सदस्यहरुमा सुनिता परियार, अर्जुन कडेंल, नविन परियार, सुशिला कडेंल, आशिष परियार, सनम परियार, आकाश परियार र विनोद परियार चयन भएका छन् |
यसैगरि बाल क्लव संयोजकमा अम्मराज सेजुवाल, क्लवको संरक्षकमा प्र.अ देवनारायण सापकोटा त्यस्तै सल्लाहकार समितिमा शिक्षक राजेन्द्र सापकोटा, शिक्षक सुजाता शाक्य, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बालाक्रिष्ण सापकोटा, शिक्षक अभिभावक संघकि संयोजक बुद्दिमायाँ पुन र आर्थिक संयोजक धन प्रसाद सापकोटा लाई चयन गरिएको बताईएको छ | कार्यक्रमको अवसरमा बोल्दै संस्थापक बाल क्लव सयोंजक रामशरण पोखरेलले क्लवमा हालसम्म ३ लाखको कोष रहेकोमा यसलाई बिद्यार्थिको हितका लागि अक्षयकोषको स्थापना गरिने बताउनुभयो | – रामशरण पोखरेल