Print

‘कुश्मा नगरलाई सम्बृद्ध बनाउने योजना म संग छ’

नेकपा एमाले पर्वतका उप–सचिब गोबिन्द पहाडी

सक्रिय राजनीतिमा प्रवेश गरेको केहि बर्षमै पार्टी कार्यकर्ताहरु माझ विश्वासको केन्द्रविन्दु बन्न सफल नेकपा एमाले पर्वतका उप–सचिब गोबिन्द पहाडीको चर्चा अहिले चुलिएको छ । विकास, राजनीति र बाणिज्य ब्यवस्थापनमा शैक्षिक विज्ञता हासिल गरी सामाजिक क्षेत्रमा झण्डै डेढ दशकको अनुभव संगालेका पहाडी ब्यवस्थापन विषयमा स्नाकोत्तर सकेपछि राजधानीबाट पर्वतमा छन । केहि बर्ष क्याम्पसका शिक्षण पेशामा समेतमा लागेका उनले ब्यक्तिगत रुपमा आर्थिक सम्बृद्धिका थुप्रै ठाउँहरु छाडेर अहिले राजनीतिमा सक्रिय बनेका हुन । नेकपा एमालेमा लामो योगदान भएको पारिवारिक पृष्ठभूमिबाट आएका उनले बिद्यार्थी कालमा अनेरास्वीयूबाटै आफ्नो राजनैतिक यात्रा शुरुवात गरेका हुन । नेकपा एमालेको मोर्चा संगठन मानव अधिकार एलाईन्सको केन्द्रिय सचिव समेत रहेका उनी पहिलो कार्यकाल नेकपा एमाले पर्वतको सचिवालयमा काम गरेसंगै दोस्रो कार्यकालमा उप सचिव बने ।

अन्तरपार्टीमा ब्यक्तिगत धुव्रीकरण बढिरहेको बेला मध्यमार्गी बाटोमा बसेर पार्टीलाई एक ढिक्का बनाउन उनले खेलेको भूमिका कारण उनलाई कार्यकर्ताले क्षमतावान नेताको रुपमा समेत हेरीरहेका छन । शैक्षिक, बौद्धिक र प्रतिपक्षीसंग खुलेर मुकाबिला गर्नसक्ने सामथ्र्यवान नेताको रुपमा उनलाई एमालेका कार्यकर्ताहरुले मूल्यांकन गरीरहेको बेला स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखको दाबेदारको रुपमा समेत उनलाई कार्यकर्ताले अगाडि बढ्न सुझाब दिइरहेका छन । यहि परिवेशमा कुश्मा नगरपालिकाको भावि नेतृत्व र समसामयीक विषयमा पर्वत न्यूजका सह सम्पादक सुवास लामिछानेले लिएको अन्तरवार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्वागत छ पर्वत न्यूजको विशेष सम्बादमा

धन्यवाद

स्थानीय चुनाव नजिकिदै छ, एमाले पर्वतले तयारी कसरी गर्दैछ चुनावको ?

नेकपा एमाले जिल्ला कमिटि पर्वतले भर्खरै ४ महिने जनपरिचालन अभियान सम्पन्न गरेको छ । यो अभियान सम्पन्न हुनु र निर्वाचनको मिति घोषणा हुनु एकैसाथ जस्तो भएको छ । हामी राज्यको संरचना अनुसारका गाउंपालीका र नगरपालीका तथा वार्ड तहसम्म संगठनलाई पुर्नव्यवस्थापन गरेर निर्वाचन अभियान परिचालन गर्न लगभग तयारी अवस्थामा पुगेका छौं । अव हामी वार्ड तह र गाउंपालीका तथा नगरपालीका तहका लागि उम्मेदवारहरुको छनौट प्रकृयामा सहभागी हुंदैछौं । पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेर एकतावद्ध भएर हामी निर्वाचनमा जान्छौं । संविधान निर्माणमा एमालेले खेलेको भूमिका, भारतीय नाकाबन्दीलाई परास्त गरि नेपाली राष्ट्रियतालाई बचाउन खेलेको भूमिका, एमाले सरकारले अगाडी सारेको जनमुखी नीति, बजेट र कार्यक्रम तथा नेपाली स्वाभिमान र हिमाल पहाड तराई विचको सदभावलाई खलबलाउन खोज्ने देशी विदेशीहरुका मागलाई परास्त गर्न एमालेले लिएको अडानका संवन्धमा नेपाली जनता जानकार छन जसका कारण अवको निर्वाचनमा एमालेको पक्षमा जनमत आउने कुरामा हामी विश्वस्त छौं ।

पार्टीको पदाधिकारी भएको छोटो अवधिमा तपाईको राजनैतिक उचाई निकै माथि गयो भन्ने कार्यकर्ताको बुझाइ छ नी ?

म पूर्णकालिन कार्यकर्ताको रुपमा “मेरो जीवन पार्टी र समाजका लागि” भन्ने भावनाबाट प्रेरित भएर हरपल पार्टी काममा संलग्न रहेको छु । यसले मलाई कुनै भूमिका वा उचाई दिन्छ दिंदैन, यो मेरो चासोको विषय होईन । म पार्टीको उप सचिवमा निर्वाचित हुंदा समेत पदाधिकारीहरुमा सवैभन्दा बढि मत प्राप्त भएको थियो ।

त्यसलाई मैले कार्यकर्ताहरुले म बाट पार्टीमा विशेष प्रकारको भूमिकाको अपेक्षा गरेका छन भन्ने ठानेको थिएंं । जिल्ला अधिवेशन पश्चात पार्टी भित्र रहेको मत मतान्तर अन्तरविरोधलाई समाधान गरेर पार्टी संगठनका कामहरुलाई गति दिनुपर्छ भन्ने सवालमा मैले निरन्तर सहजीकरण गरें । मैले पार्टी भित्र मौलाउंदै गएको निशेधको संवन्ध र हराउंदै गएको हार्दिकतालाई पुर्नजीवन दिन मध्यमार्गी भूमिका निर्वाह गरें । मैले पार्टीमा रहेको गुट उपगुटमा कम विश्वास गरें काममा बढि विश्वास गरें । यति भनिरंहदा पर्वतको पार्टीका समस्या समाधान म एक्लैले गरें भन्ने आडम्वर पनि म गर्दिन ।

लामो समयदेखि मैले राजनीति गरेको छु, कमिटिमा बसेको २० वर्ष भयो मैले केहि भूमिका पाईन भन्ने पुरातन सोच भएका नेताहरु पनि मैले देखेको छु । लामो समयसम्म पनि न त कमिटिमा माथि पुग्न सक्ने न अरु कुनै भूमिका लिन सक्ने । यो भनेको असक्षमताको कसि हो । क्षमता हुने व्यक्तिले २/४ वर्षमा नै पनि आफनौ भूमिकाबाट उचाई हासिल गर्न सक्दछ ।


कम्तिमा माक्र्सवादी पार्टीका कार्यकर्ताहरुमा माक्र्सवादी चिन्तन शैली हुनु जरुरी छ , पार्टीमा रहेका अन्तरविरोध र समस्याहरुलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने समालोचनात्मक चेतनाका आधारमा हल गरिनुपर्छ र पूर्व निर्धारित विधि तथा प्रकृयाका आधारमा हल गरिनुपर्छ भन्ने संवन्धमा हामी केहि साथीहरुले निरन्तर बहस चलाएका हौं जसको परिणामस्वरुप पार्टी कामका सन्दर्भमा परेको गांठो फुकेको हो । सवै आ आफना अडानबाट तलमाथि हुन नखोजेपछि कोही न कोही मध्यस्थकर्ता चाहिन्छ , त्यो परिस्थितीमा हामी केहि कमरेडहरुले भूमिका निर्वाह गर्यौं । हाम्रो त्यो भूमिकालाई कार्यकर्ताहरुले मनपराएको मैले पाएको छु । जसका कारणले नै सायद कार्यकर्ताहरुले मन पराउने परिस्थिती बनेको हुनुपर्छ ।

अर्कों पक्ष के हो भने कार्यकर्ताको समस्या र असजिलोमा हरपल सहयोग गर्ने र सदा सर्वदा कार्यकर्ता र जनताको पिरमर्कामा सरिक भएपछि स्वभाविक रुपमा माया बढ्दो रहेछ ।

 सामाजिक आन्दोलन एक्कासी छाडेर राजनीतिक आन्दोलनमा होमिनुभयो, तपाईले हतार गर्ने बेला भएको छैन भन्छन नी ?

म विगतमा सामाजिक विकास अभियानमा सक्रिय भएर लागेको थिए र पनि म पार्टी राजनीति भन्दा बाहिर थिईन । पार्टी कमिटिहरुमा नै रहेर मैले आफना परिभाषित जिम्मेवारीहरु पुरा गरेकै थिएं । फरक के मात्र हो भने म यतिवेला पूर्णकालिन कार्यकर्ताको रुपमा पार्टीमा क्रियाशिल भएको छु । राजनीतिमा पूर्ण रुपमा लाग्नुको अर्को कुनै कारण छैन, एउटै कारण समाज सेवा, जनताको सेवा हो । राजनीति नै विकास र परिवर्तनको आधार भएका कारण मेरो अन्य क्षेत्रको लामो अनुभवलाई राजनीति मार्फत मैले जनताको सेवामा लगाउनुपर्छ भन्ने अभिप्रायले म हाल क्रियाशिल छु । म जुनसुकै काममा पनि लागेपछि प्रभाव देखिने गरि लाग्नुपर्छ भन्ने मान्यता राख्दछु ।

हिजोको ईतिहास, हिजोको मेहनत र वरिष्ठताले मात्र वर्तमान समाजले खोजेजस्तो नेतृत्वदायी भूमिका दिन सक्दैन । वरिष्ठ तथा लामो ईतिहास बोकेका नेताहरुलाई यथोचित तरिकाले व्यवस्थापन गर्नुपर्दछ। उहांहरुको विगतको भूमिकाको कदर गर्नुपर्दछ यो पार्टीले मिलाउने कुरा हो ।


लामो समयदेखि मैले राजनीति गरेको छु, कमिटिमा बसेको २० वर्ष भयो मैले केहि भूमिका पाईन भन्ने पुरातन सोच भएका नेताहरु पनि मैले देखेको छु । लामो समयसम्म पनि न त कमिटिमा माथि पुग्न सक्ने न अरु कुनै भूमिका लिन सक्ने । यो भनेको असक्षमताको कसि हो । क्षमता हुने व्यक्तिले २/४ वर्षमा नै पनि आफनौ भूमिकाबाट उचाई हासिल गर्न सक्दछ । मलाई समेत छोटो अवधिमा नै धेरै माथि पुग्यो भनेर व्याख्या गरिन सक्छ । मैले सानो उमेरमा नै राष्ट्रिय राजनीतिमा उचाई हासिल गरेका नेताहरुका वारेमा पढेको छु, देखेको छु र सुनेको छु । म पनि त्यस्तो किन नबन्ने ? आफुहरुले दशकौंसम्म पनि केहि गर्न नसक्ने अनि क्षमतावान युवाहरु जोश जांगरका साथ सामाजिक काममा आउंदा किन मन अमिलो पार्ने ? भोलीको नेतृत्व आजको क्षमताले गर्ने हो ।

हिजोको तरिका र शैलीले वर्तमानलाई नेतृत्व दिन सक्दैन । आजका विकासका सवाल बुझने, समस्या समाधानका लागि पहलकदमी लिन सक्ने, वर्तमानको प्रविधि र विकासलाई नजिकबाट बुझन सक्ने र शिघ्र निर्णय क्षमता भएको नेतृत्व आजको आवश्यकता हो । हिजोको ईतिहास, हिजोको मेहनत र वरिष्ठताले मात्र वर्तमान समाजले खोजेजस्तो नेतृत्वदायी भूमिका दिन सक्दैन । वरिष्ठ तथा लामो ईतिहास बोकेका नेताहरुलाई यथोचित तरिकाले व्यवस्थापन गर्नुपर्दछ। उहांहरुको विगतको भूमिकाको कदर गर्नुपर्दछ यो पार्टीले मिलाउने कुरा हो ।

 हजुरलाई कुश्मा नगरपालिकाको प्रमुमको उमेदवारको रुपमा चर्चा गरिएको छ नी ?

म कुनै पद र जिम्मेवारी पाईएला भनेर सक्रिय राजनीतिमा आएको हैन । म लामो डेढ दशक अवधि सामाजिक विकासको अभियानमा सक्रिय रहेर विकासका मोडलहरु र योजना तर्जुमा प्रकृयामा वारेमा अनुभव हासिल गरेर आएको व्यक्ति हुं । पार्टीको पूर्णकालिन कार्यकर्ताको रुपमा मेरो सक्रियता र पार्टीको परिभाषित भूमिकामा मेरो प्रभावकारी उपस्थितीलाई आम कार्यकर्ता, सर्वसाधारण र अन्य दलका शुभचिन्तकले समेत मन पराएको महसुस गरेको छु । कुश्मा नगरपालीका क्षेत्र भित्र मैले निर्वाह गरेका सामाजिक, राजनीतिक भूमिका र शैक्षिक संस्थाहरुमा समेत रहेर खेलेको भूमिका कारण आम सर्वसाधारणले समेत मलाई नगरपालिकाको प्रमुखको रुपमा हेरेको मैले महसुस गरेको छु ।

म संसारकै अद्धितिय जहाज दुर्घटनाबाट बांचेर फर्केको व्यक्ति हुं । यो मेरो नयां जीवन हो भन्दा हुन्छ । जहाज दुर्घटना पश्चात पाएको पुर्नजन्म पछिको बांकी जीवन समाज सेवामा लगाउने अठोटका साथ म राजनीतिमा आएको हुं ।


कुश्मा नगरपालीकाको समृद्धिका लागि तपाईसंग के योजना छ ?

म पार्टी काममा सन्दर्भमा र जनताका समस्या र आवश्यकता बुझने सन्दर्भमा धेरै पटक कुश्मा नगरका सवै वार्ड बस्ती र घरसम्म पुगेको छु । त्यहांका शिक्षा, खानेपानी, सिचाई, कृषिका समस्याका वारेमा मलाई राम्रो जानकारी छ । सडकका योजना, जीविकोपार्जनका लागि संभाव्य योजना, सामुदायिक भवन, दलित उत्पिडित वर्ग तथा महिलाहरुको मानविय विकास तथा अन्य मानवीय आवश्यकताका वारेमा जानकारी लिएको छु । सवै वार्डका सर्वसाधारणसंग परामर्श गरि गुरु योजना बनाउन नसकेका कारण हाम्रो वार्षिक बजेट बालुवामा पानी जस्तो भएको छ ।

म कुश्मा नगरको दिर्घकालिन योजना तर्जुमा गरि प्रारम्भ गरेको काम सहि तरिकाले सम्पन्न गर्ने र सेवा लिने तहमा पुराउनुपर्छ भन्ने मान्यता राख्दछु । कुश्मा नगरक्षेत्र भित्र रहेको सार्वजनिक जमिनको सहि सदुपयोग गर्नका लागि छुट्टै योजना बनाउनु पर्ने आवश्यकता छ भने व्यवस्थित तरिकाले बजार व्यवस्था गरि मासुजन्य पसल, तरकारी तथा फलफुल बिक्रीका लागि उचित प्रवन्ध गर्नुपर्ने छ । पछिल्ला वर्षमा कुश्मा क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा समेत विकास हुंदै गएका कारण यस क्षेत्रमा रहेका पर्यटकीय सम्पदाहरुलाई एउटा प्याकेजको रुप दिएर संयुक्त रुपमा प्रवद्र्धन गर्नुपर्ने अवस्था छ । जिल्ला सदरमुकाम र कुश्मा नगरको समेत केन्द्रको रुपमा रहेको कुश्मासंग सवै १४ वार्डलाई कालोपत्रे सडक पहिलो प्राथमिकतामा पर्ने योजना हुो ।

नगरक्षेत्रका सडक तथा भवन निर्माणका लागि नेपाल सरकारद्धारा जारी गरिएका नीति निर्देशनहरुलाई व्यवस्थित तवरले लागुगर्नुपर्ने छ । अवका स्थानीय तहहरु स्वायत्त ईकाईको रुपमा रहेको हुंदा आन्तरिक तथा बाह्य श्रोतहरुको व्यवस्थापन गरि नगरको विकासका लागि दिगो आर्थिक श्रोत व्यवस्थापन गर्ने मसंग विशेष योजना छ । विना दिर्घकालिन योजना काम गर्ने तरिकाले हामी न्यष्लन भखभचथ धजभचभ चभबअजष्लन लयधजभचभ जस्तो भएका छौं । त्यसकारण म सहभागितामुलक दिर्घकालिन योजना बनाएर मात्र लगानी योजना बनाउने पक्षमा छु ।

पार्टीले उमेदवार बनाए तपाईको चुनाव जित्ने आधार चाँही के के हुन ?

मैले यस अगाडी सामाजिक संघ संस्थामा रहंदा, शैक्षिक संस्थामा रहंदा तथा पार्टीका काममा प्रभावकारी भूमिका खेलेको मेरो विगत हो । मेरो योग्यता, सवाल र मुद्धामा मेरो अडान तथा प्रस्तिपर्धी दलहरुसंग जुझारु तरिकाले प्रस्तुत हुने क्षमता रहेको व्यक्तिको रुपमा मलाई कार्यकर्ताहरुले हेरेको मैले पाएको छु ।

मैले यहां भन्नैपर्छ कुश्मा नगरपालीकाको प्रारम्भका दिनहरुमा ज्यादतीपूर्ण र पूर्वाग्रहबाट ग्रसित गतिविधि भएका थिए । नेकपा एमाले लगायत अन्य केहि दलहरुलाई किनारा लगाएर कुश्मा नगरपालीकामा काम कारवाही अगाडी बढाउने र केहि दलले एकलौटी गर्ने कोशिश गरेका थिए , ती सवै करतुतहरुलाई परास्त गरेर कुश्मा नगरपालीकालाई सवैको साझा निकायको रुपमा स्थापित गर्ने सवालमा मैले खेलेको नेतृत्वदायी भूमिका र मेरो वार्ता सीप र अडान क्षमता देखेर कार्यकर्ताले नै मलाई नगर प्रमुखको रुपमा हेरेका हुन , अथवा भन्नुस मलाई कार्यकर्ताले नै उम्मेदवार रुपमा प्रस्तुत गरेका हुन ।

म संसारकै अद्धितिय जहाज दुर्घटनाबाट बांचेर फर्केको व्यक्ति हुं । यो मेरो नयां जीवन हो भन्दा हुन्छ । जहाज दुर्घटना पश्चात पाएको पुर्नजन्म पछिको बांकी जीवन समाज सेवामा लगाउने अठोटका साथ म राजनीतिमा आएको हुं । आईएनजिआको मासिक लाखौं तलव, क्याम्पसको प्राध्यापन पेशा र विदेश बस्ने थुप्रै संभावनाहरु छाडेर म समाज राजनीति मार्फत समाज सेवामा आएको र निश्वार्थ रुपमा सेवाका लागेको कुरा आम पर्वतवासीलाई अवगत छ, त्यसो भएर पनि जनताले मलाई पत्याउनुहुन्छ ।

पार्टी भित्र मात्र होइन अरु पार्टीबाट पनि मलाई कुश्मा नगरको विकास योजनाको श्रोत ब्यक्तिको रुपमा हेरेको मैले पाएको छु । त्यसैले पार्टी र कुश्मा नगरबासीले मलाई नगरको जिम्मेवारी दिएको खण्डमा कुश्मालाई सम्बृद्ध नगर कसरी बनाउन सकिन्छ भन्ने स्पष्ट सपना मैले देखेको छु ।


विगतमा मैले संघ संस्थामा काम गर्दा जति गाउं र ठाउं पुगेको छु ती सवै क्षेत्रमा मेरो विशेष प्रभाव रहेको छ । मेरो कुश्मा नगर मात्र हैन पर्वत जिल्लाका सवै बस्ती र घर घरसम्म मेरो भावनात्मक र सामाजिक संवन्ध रहेको छ । विगतमा हरेक काम र भूमिकामा मैले उत्कृष्टता हासिल गरेको छु त्यसैले पनि होला कार्यकर्ताहरुले मलाई नगरप्रमुखको रुपमा हेर्न चाहेका छन् । विकास र राजनीतिको विषयमा मैले पर्वतमा नै बसेर विताएको ढेड दशकको अनुभवले कुश्मा नगरपालिकालाई आगामी दिनमा कस्तो बनाउन सकिन्छ भन्ने स्पष्ट खाका मसंग छ ।

पार्टी भित्र मात्र होइन अरु पार्टीबाट पनि मलाई कुश्मा नगरको विकास योजनाको श्रोत ब्यक्तिको रुपमा हेरेको मैले पाएको छु । त्यसैले पार्टी र कुश्मा नगरबासीले मलाई नगरको जिम्मेवारी दिएको खण्डमा कुश्मालाई सम्बृद्ध नगर कसरी बनाउन सकिन्छ भन्ने स्पष्ट सपना मैले देखेको छु ।

 

कार्यकर्ताले नै उमेदवारको रुपमा हेरेको भन्नुभयो, अब पार्टीले उमेदवारको रुपमा टिकट नदिए तपाई कार्यकर्ताको चित्त के भनेर बुझाउनुहुन्छ ?

म एमालेको एक ईमान्दार सिपाही हुं । कार्यकर्ताहरुले प्रदर्शन गरेको माया र सल्लाह मेरा लागि मार्गदर्शक बन्नेछ । पार्टीको निर्णयलाई शिरोधार्य गर्नु मेरो सांगठिक र राजनैतिक दायित्व हो । म यो दायित्वबाट कत्ति पनि विचलित हुन्न । म उत्ताउलो हुने, धैर्यता गुमाउने र एउटै सन्दर्भबाट आत्तिने व्यक्ति हैन ।

कार्यकर्ताहरुले मेरो काम गर्ने गति र शैलीलाई मनपराएका छन् । मेरो पार्टीभित्रको भूमिकाको प्रशंसा गरेका छन । मेरो विषयगत ज्ञान र खुवीलाई कार्यकारी भूमिकामा पुराउने चाहना राख्नु कार्यकर्ताको स्वभाविक अपेक्षा हो । यसका आधारमा नेताहरुको व्यवस्थापन गर्ने र कार्यकर्ताहरुलाई चित्त बुझाउने दायित्व र जिम्मेवारी पार्टीको हो किनभने पार्टी भनेको समूह कार्य हो । फिल्डको भावना र मतको कदर गर्नु संगठनको दायित्व हो । एक्लैले चाहेर केहि हुंदैन । म कुनै भूमिका रहंदा पनि नरहंदा पनि कार्यकर्ता र जनताको सेवामा सदा समर्पित रहन्छु यो मेरो अठोट हो ।

 अन्त्यमा केहि भन्नु छ ?

यतिवेला देशैभरि नेकपा एमालेको पक्षमा जनलहर आएको छ । छोटो समय मात्र सत्ता सञ्चालननको अवसर पाएको र छोटो अवधिमा नै जनताको पक्षमा काम गरेर परिवर्तनको पक्षपाती शक्तिको रुपमा आफुलाई नेपाली राजनीतिमा स्थापित गर्न सफल नेकपा एमालेको पक्षमा लाग्न र आफनो भविष्य सुनिश्तिन गर्न म आम नेपालीहरुलाई अनुरोध गर्न चाहन्छु र एमाले कार्यकर्तालाई एमालेका असल नीति बजेट र कार्यक्रम लिएर जनताको घरदैलोमा पुगी अरुले सृजना गरेका भ्रमहरु चिर्न म अपिल गर्दछु ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस