Print

भूकम्पपीडितलाई चुनावभन्दा बर्षाको चिन्ता

२० चैत, काठमाडौं । चुनावी माहोलले देश तातेको छ । सहरका गल्लीदेखि गाउँसम्म चुनावले छोइसकेको छ । तर, काभ्रेको कोसीपारि र डाँडाँपारि पर्ने विकट गाउँका भूकम्पपीडित बस्तीमा भने चुनावी रौनक छैन ।

आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ -भूकम्पपीडितलाई वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावी रौनकभन्दा बर्षा अघि घर पुनर्निर्माण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।

दुर्गम तथा विकट क्षेत्र महाभारत गाउँपालिकअन्तर्गत पर्ने गोकुले, घर्तीछाप, बनखुचौर, बुढाखानी, खानीखोला गाउँपालिकाअन्तर्गत पर्ने फलामेटार, साल्मेचोक, साल्धारा, डाँडागाउँ, मिल्चेलगायतका विकट गाउँका अधिकांशले स्थानीय निकायको निर्वाचनसम्बन्धी खासै चासो राखेका छैनन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस