१८ चैत्र, पर्वत । जिल्लाको जलजला गाउँपालिका अन्तर्गत माझफाँटको वारीवेनीमा १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने भएको छ । सरकारको सह लगानी कार्यक्रम अन्तर्गत उक्त आयोजनाको निर्माण हुन लागेको हो ।
खानेपानीको चरम समस्या खेप्दै आएका जलजला गाउँपालिकाको माझफाँटका स्थानीयले उक्त आयोजना सम्पन्न भएपनि खानेपानीको समुचित प्रयोग गर्न पाउनेछन ।
स्थानीय जनताको समेत सहभागीता रहने गरी सरकारको कुल लागतको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत रकमको म्याचिङमा उक्त आयोजनाको निर्माण कार्य शुरु हुन लागेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतका डिभिजन इन्जिनियर प्रेम डोटेलल जानकारी दिए ।
डोटेलका अनुसार खानेपानी आयोजना पुरा भएपछि तत्काल ९ सय ५० वटा जडान हुनेछ । २ हजार भन्दा बढि घरधुरीमा धारा जोड्न सक्ने क्षमताको आयोजनाको अहिले टेक्डर प्रक्रियामा रहको डोटेलले जानकारी दिए ।
पर्वत वेनी सह लगानी खानेपानी तथा सरसफाई आयोजनाको आगामी २ बर्षमा सम्पन्न गर्ने लक्ष्य कार्यालयले राखेको छ । १३ करोड मध्ये झण्डै १ करोड २० लाख रुपैया भने स्थानीयको रहने छ । खानेपानीको चरम समस्यामा रहेका वारावेनी बासिहरुले यो आयोजना पुरा भएपनि निकै ठूलो राहत पाउने खानेपानी निर्माण उपभोक्ता समितिका अध्यष लोकनाथ रेग्मीले जानकारी दिए ।
कालीगण्डकी नदीको पानीलाई विशेष प्रशोधन मार्फत वितरण गर्ने गरी आयोजना शुरु हुन लागेको हो । वारी वेनीसंगै रहेको कालीगण्डकी नदीको पानीलाई जमिनमुनीबाट प्रशोधित तरिकाले ट्याङकीमा जम्मा गरेपछि त्यसलाई थप प्रशोधन गरेर घर घरमा धारा मार्फत वितरण गर्न लागिएको इन्जिनियर डोटेलले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्