१६ चैत्र, पर्वत । कांग्रेसले उमेदवार छनौटको मापढण्ड बनाएसंगै पर्वत उमेदवार छनौटको कसरत शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रिय कमिटिले बनाएको मापढण्डका आधारमा उमेदवार टुंगाउने गरी कसरत शुरु भएको नेपाली कांग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइले जानकारी दिए ।
कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको गरेपछि आगामी वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो । साथै नयाँ संरचना अनुसार नै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ ।
कांग्रेसको मापदण्ड
कांग्रेसले निर्वाचन क्षेत्रका आधारमा उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । एउटा निर्वाचन क्षेत्र अन्तरगतका गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।
उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।
सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।
दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।
उम्मेदवारको नाम सम्वन्धित क्षेत्रको सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।
सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम जिल्ला पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।
क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
कांग्रेसले वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्नु पर्ने बताएको छ । उम्मेदवारको मनोनयन पत्र मा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय सभापति र जिल्ला सभापतिलाई दिने काग्रेसको निर्णय छ ।
नेपाली कांग्रेस पर्वतमा आकाक्षीहरुको लर्को लागेका कारण उमेदवार टुंगाउन भने हम्मे हम्मे पर्ने देखिन्छ । यद्यपि केन्द्रिय कमिटिले बनाएको मापढण्डलाई आधार बनाएर उमेदवारी टुंगाउने गरी काम हुने कांग्रेसले जनाएको छ ।





प्रतिकृया दिनुहोस्