१६ चैत्र, पर्वत । आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि पर्वतमा म्यादी प्रहरी भर्ना कार्यक्रम तिब्र रुपमा अघि बढेको छ । यसरी भर्ना कार्यक्रममा प्रहरीले १८ बर्ष देखि ५४ बर्ष उमेर समुहका लागि प्राथमिकता दिएर सार्वजनिक सुचना जारी गरेपछि भर्ना प्रक्रियामा युवापुस्ताहरुको आकर्षण बढेको हो ।
प्रहरीले विशेषगरी सुरक्षा निकायमा काम गरेर भुपु जीवन विताएका हरुलाई प्राथमिकतामा राखेर सुचना जारी गरेपनि युवाहरुको उपस्थिति बढी रहेको छ ।
पर्वत जिल्लाको सन्दर्भमा दरबन्दी यकिन नभएपनि आवेदन खुलेको तेश्रो दिन मंगलबार सम्म ५ सय ५० जनाले आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । म्यादी प्रहरीका लागि युवतीहरुले समेत आवेदन दिएको उहाँले बताउनुभयो । आज चौथो दिनपनि आवेदन दर्ता गर्नेहरुको भीड लागेको छ ।
११ गतेदेखि १७ गतेसम्म आवेदन खुल्ला गरिएपनि १३ गतेबाट मात्रै आवेदन लिन शुरु गरिएको थियो । आवेदनको समावधि सकिएपछि लिखित, मौखिक, शारिरिक परिक्षा पास गरेका योग्य उम्मेववारलाई छनौट गरि तालिम प्रदान गरेर दरबन्दी बमोजिम फिल्डमा खटाउने प्रहरी निरिक्षक लामिछानेले बताउनुभयो ।
अघिल्लो संविधान सभाको निर्वाचनमा पर्वतमा २ सय ६१ जना म्यादी प्रहरी नियुक्ति गरिएको थियो । अहिले भने संख्या तोकेर आइ नसकेको प्रहरीले जनाएको छ । निर्वाचनको सुरक्षा प्रयोजनका लागि आवश्यक म्यादी प्रहरी भर्ना गर्न सरकारले गृह मन्त्रालयलाई अनुमति दिएसँगै पर्वतमा फारम भर्नेको भिड बाक्लिएको छ ।
निर्वाचनका बेला आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि म्यादी प्रहरी भर्ना कार्यक्रमलाई धमाधम अघि बढाइएको हो । म्यादी प्रहरी छनौट प्रक्रिया सँंगै समयमै निर्वाचन हुनेमा पर्वतबासीहरु आशातित भएका छन् ।





प्रतिकृया दिनुहोस्