१५ चैत्र, पर्वत । दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल १२ हजार ८ सय ३८ मत प्राप्त गरेको थियो । यसैगरी नेकपा एमालेले भने कुल ११ हजार १ सय २३ मत प्राप्त गरेको थियो ।
यसरी हेर्दा १ हजार ७ सय १५ मतले नेपाली कांग्रेस पर्वत क्षेत्र न १ मा अगाडि देखिएको थियो । तत्कालीन माओवादीले भने ६ हजार ९ सय ९३ मत प्राप्त गरेको थियो । मत परिणाम हेर्दा तेस्रो शक्ति माओवादी देखिएको थियो । अन्य साना दलहरुले ३ हजार ५६ मत प्राप्त गरेको थियो ।
३ बर्ष अगाडिको मत परिणाम हेर्दा पर्वत क्षेत्र न १ मा नेपाली कांग्रेस नै बलियो देखिन्छ । उता, मतदाता संख्या भने २०७० सालको निर्वाचनको तुलनामा ८ हजार ८ सय ७२ मतदाता संख्या बृद्धि भएको छ । २०७० सालमा कुल ४५ हजार १ सय ८९ मतदाता रहेको पर्वत क्षेत्र न १ मा अहिले ५४ हजार ६१ मतदाता रहेका छन ।
यसरी हेर्दा मतपरिणाम कस्तो हुन्छ गाउँपालिका र नगरपालिकाको निर्वाचनमा त्यो आकलन गर्न गाहे छ । उता, माओवादी फुटेका कारण पनि उसको संख्या घट्छ या बढ्छ त्यो पनि आम चासोको विषय बनेको छ ।
अखण्ड नेपाल पार्टीले कुल ५ सय १६ मत प्राप्त गरेको थियो । अखण्ड पार्टीका अध्यक्ष तथा केन्द्रिय सदस्य नै एमालेमा प्रवेश गरेका कारण मतदाताहरुको मत कसरी विभाजन हुन्छ त्यसले पनि अर्थ राख्न सक्छ ।






प्रतिकृया दिनुहोस्