Print

पर्वतमा कांग्रेस भित्र आकांक्षीका लर्को, कस्ले मार्ला नगरप्रमुख र गाउँ प्रमुखमा बाजी

१५ पर्वत चैत्र । स्थानीय निर्वाचन नजिकिदै जाँदा आकाक्षी लर्को लागेको नेपाली कांग्रेसमा । दुई दशक पछि हनु लागेको निर्वाचनमा आकाक्षीहरुको लर्को लागेको हो । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसबाट रामचन्द्र जोशी उमेदवार हुने अनुमान गर्दै आएका कारण पनि उनी नै कांग्रेस भित्र सबैभन्दा बलियो दाबेदार हुन ।

नेपाली कांग्रेसमा शिक्षक राजनीतिबाट आएका डा. चुणामणि शर्मा, बसन्तबहादुर सिके, कांग्रेसका क्षेत्रिय सभापति गंगाधर पौडेल र पनि नगरपालिका भित्र प्रमुखका दाबेदार हुन । यसैगरी कांग्रेसमा सिता लामिछाने, जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासु र मिना कर्माचार्य पनि सम्भावित उम्मेदवार हुन ।

फलेवास नगरपालिका नयाँ नगरपालिका भएपनि फलेवास नगरपालिकामा पनि आकाक्षीको लर्को छ । महासमिति सदस्य गंगाधर तिवारी र राधा क्षेत्री, युक्तप्रसाद श्रेष्ठ, थापाठाना गाबिसका पुर्ब अध्यक्ष थमानसिंह थापा, महाधिबेशन प्रतिनिधी मुना भुसाल र रेखा गुरुङ्ग पनि मेयर र उपमेयरका दाबेदार हुन ।

जलजला गाउँपालिका जलजला गाउँपालिकामा पुर्ब क्षेत्रिय सभापति दुर्गाबहादुर खत्री, राजु आचार्य र रुद्रलाल आचार्य, कृष्ण केसी, चन्द्रबहादुर जिसी लगाएतले उमेदवारीमा दाब िगरेका छन । उप प्रमुखका लागि भने सिमा पुन गर्बुजा र लक्ष्मी हमाल लगाएतले उमेदवारीको इच्छा गरेका छन ।

मोदी गाउँपािलका मोदी गाउँपालिकामा पुर्ब क्षेत्रिय सभापनि बलभद्र शर्मा, महासमिति सदस्य मिना केसी, नेपाल महिला संघकी जिल्ला सभापति जोगमाया प्रसाइ र जिल्ला सदस्य महेश शर्मा(मधु) पनि शसक्त दाबेदार हुन ।
महाशिला गाउँपालिका महाधिबेशन प्रतिनिधी मोहन गुरुङ्ग, जिल्ला सदस्य अशोक उँचै ठकुरी, पुर्ब क्षेत्रिय सदस्य उज्जवल गुरुङ सम्भावित अध्यक्षका उम्मेदवार हुन ।

विहादी गाउँपालिका विहादी गाउँपालिकामा अध्यक्ष पदमा उरामपोखराका पुर्ब गाबिस अध्यक्ष आनन्द भुषाल, पुर्ब महाधिबेशन प्रनिनिधी तिलक कुवँर, हरी न्यौपान, धनबहादुर थापा, गोविन्द पराजुली र हरी पराजुलीको दाबा देखिन्छ ।
पैयू गाउँपालिका पैयूँ गाउँपालिकामा महासमिति सदस्य खगेन्द्रं तिवारी, महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी, भिमसेन गुरुङ, एकनारायण न्यौपाने, ज्ञानु तिवारी, र डम्मर प्रधानले दाबाी गरेका छन ।

नेपाली कांग्रेसमा संस्थापन पक्षका उमेदार धेरै हुने वा पौडेल पक्षका उमेदवारले बाजी मार्ने भन्ने चर्चा समेत राजनीतिक बृत्तमा चलाउन थालिएको छ । जिल्लामा प्रभाव जमाएका सांसद समेत रहको कांग्रेस नेता अर्जुन जोशीको इच्छा र चाहना बमोजीम पनि कतिपय उमेदवारहरु टुंगो लाग्नसक्नेछन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस