Print

सांसद लम्सालले सरौखोलाका १ सय ३० जेष्ठ नागरीकलाई सम्मान गरे

१३ चैत्र, पर्वत । निर्वाचन क्षेत्रका २९ वटै साविक गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गर्नुभएका पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले शनिवार पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ सरौँखोलाका जेष्ठ नागरिकलाई सम्मान गरेका छन ।

दुई वर्ष अगाडीदेखि शुरु गरेको अभियान अन्तर्गत लम्सालले पैयुँ गाउँपालिका वडा नं. ६ का १३० जना जेष्ठ नागरिकहरुलाई फलफुल बितरण तथा अबिर फुलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

उक्त गाउँपालिकाका वडा नं. ६ को तथ्याङ्कका आधारमा ७० वर्ष माथिका १३० जना जेष्ठनागरीकहरु लाई सम्मान गरिएको हो ।

सरौखोला वडा कार्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै सांसद लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला संसदले सम्मान गर्दा सम्मानित जिवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याइएको बताए ।

उनले नेकपा(एमाले)ले बृद्धाहरुलाई मासिक रु.१ सय बाट शुरु गरेको बृद्धा भत्ता अहिले एमाले नेतृत्वमा बनेको सरकारले नै २ हजार पुराएको स्पष्ट पार्दै फेरी एमाले नेतृत्वमा सरकार बनेपछि बृद्धाबृद्धालाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता बितरण गर्ने आश्वासन दिए ।

आगामी दिनमा बन्ने एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई ३ सय प्रतिशत बृद्धि गरि मासिक ५ हजार बृद्धभत्ता पु¥याउने बताए । उनले क्षेत्र नं.२ का प्रत्येक साबिक गाबिसका जेष्ठनागरिक लाई सम्मान गर्न सांसद कोष बाट बजेट बिनियोजन गरेको बताए ।

कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्धा भानुकला तिवारीले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणिय हुने भन्दै खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस