Print

फलेवास नगरप्रमुखमा उमेदवारीका लागि पार्टी भित्रै संघर्ष (आकांक्षी नेताहरुको नाम सहित)

११ चैत्र, पर्वत । जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा जस्तै फलेवास नगरपालिकामा पनि नगर प्रमु्खको उमेदवारीका लागि नेपाली कांग्रेस र एमाले पार्टीमा आन्तरीक प्रतिस्पर्धा देखिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधी गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी राधा कुँवर र जिल्ला सदस्य गंगाराज शर्माले टिकटका लागि दाबी गरीरहेका छन । यसैगरी उक्त क्षेत्रमा युक्त श्रेष्ठको दाबी रहेको बुझिन्छ ।

तिवारी शहिद परिवारका समेत भएकाले उनको दाबी बलियो छ । उता, कार्यकर्ता माझमा निर्माण ब्यवसाय मार्फत प्रत्यक्ष सम्पर्कमा पुगिरहेका कारण उनी कार्यकर्ताले रुचाएका उमेदवारको रुपमा प्रस्तुत भएका छन । यसैगरी महाधिवेशनमा अत्याधिक मत ल्याएकी क्षेत्रीले उम्मेदबारी नै घोषणा गरेर टिकटका लागि लबिङ थालेकी छिन ।

स्रोतका अनुसार तिवारीले आँफूले टिकटका लागि दाबी गरिहरको भएपनि उनले राधा क्षेत्रीलाई सहयोग गर्न सक्ने बताउँछन् । केन्द्रका लागि पहल गर्न सक्ने तिवारीले स्थानीय तहमा क्षेत्रीलाई सहयोग गर्ने तयारी भएको बुझिएको छ ।

त्यस्तै पार्टीमा लामो योगदान पुराएका नेता शर्मालाई पार्टीको एउटा पङ्तिको सहानुभुतीका कारण उनले उमेदवारीमा दाबी गरीरहेका छन । श्रेष्ठ पनि कांग्रेस राजनीतिमा सक्रिय भएका कारण उनले नगरप्रमुखको दाबा गरीरहेको बुझिन्छ ।
फलेवास नगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुखका लागि प्रदेश सदस्य मोती पौडेल, एमाले पर्वतका उपसचिब पदमपाणी शर्मा, नेकपा एमाले धौलागिरी सम्पर्क कमिटिका सह सचिब पूर्ण गौतम, पूर्व अञ्चल सदस्य देबेन्द्रराज पाण्डेय, पर्वत बहुमुखि क्याम्पसका पूर्व स्वबियू सभापती रामेश्बर गौतम, जिल्ला सदस्य कृष्ण लम्साल लगायतको चर्चा रहेको छ ।

पौडेल संविधान सभाको पहिलो निर्वाचनका एमालेको तर्फबाट उमेदवार बनेर पराजय भोगेका हुन । एमालेमा निरन्तर र लामो समयसंग संघर्ष गरेका कारण उनको दाबालाई बलियो मानिन्छ ।

उता, प्रदेश सांसदमा उठ्ने या नगरप्रमुखमा उठ्ने भन्ने निर्णय आफूले नगरेको बताउने पार्टी सचिव शर्माले पनि कार्यकर्ताको चाहनाका कारण नगरप्रमुखमा आफूपनि आकाक्षीे रहेको भने स्विकार गरेका छन ।

युवा पुस्तामा चर्चित शर्मासंगै एमालेको सम्पर्क कमिटिमा लामो समय काम गरेका गौतम पनि यस पटक नगर प्रमुखको आकांक्षी हुन । पार्टीका सवैजसो गतिविधिहरुमा सक्रिय उनले सम्पर्क कमिटि मार्फत राजनीतिक गतिविधिहरुमा अग्रसरता देखाउँदै आएका कारण उनको उमेदवारी पनि पार्टी भित्र निकै बलियो देखिन्छ । एमालेमा पाण्डे र पूर्व स्वबीयू सभापति गौतमले पनि आकाक्षा ब्यक्त गरेका छन ।

फलेवास नगरपालिकामा शंकरपोखरी, थापाठाना, मुडिकुवा र भंगरामा कांग्रेसको उपस्थिती बलियो मानिन्छ । उता, खानीगाउँ, कार्किनेटा र ठानामौलामा भने एमालेको उपस्थिती बलियो । अरु क्षेत्रमा दुई दल वीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  माओवादी केन्द्र, राप्रपा र नयाँशक्तिले पनि निर्वाचनमा नगरका सवै पदहरुमा आफना उमेदवारहरु प्रस्तुत गर्ने तयारी गरीरहेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस