Print

जलजला गाउँपालिकाको केन्द्र सार्न राजनैतिक दलहरु सहमत

९ चैत्र, पर्वत । जलजला गाउँपालिकाको केन्द्र सार्न जिल्लामा क्रियाशिल राजनैतिक दलहरुको जिल्ला नेतृत्व सहमत भएका छन । अपायक केन्द्र भएको भन्दै जलजलाबासीले विगत १ हप्ता देखि जारी राखेको आन्दोलनको वार्ताको क्रममा जिल्ला स्तरीय नेतृत्व केन्द्र सार्न सहमत भएका हुन ।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा भएको छलफल कार्यक्रममा उनीहरुले केन्द्रलाई हाल तोकिएको स्थानबाट सार्न सहमत भएका हुन । छलफल कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सहितका अन्य साना दलहरु पनि सहभागी थिए । छलफलमा धेरै जनताहरुको केन्द्रको रुपमा माझफाँट गाविसको मोहन चोकमा केन्द्र राख्ने गरी जिल्ला स्तरीय सहमती गरिएको छ ।

बिहिबार उक्त निर्णयलाई साविकका जलजला गाउँपालिका ७ वटै गाविसका ३ ठूला दलका प्रतिनिधिहरुको रोहबरमा औपचारिक निर्णय गरी सोहि बमोजीम कार्यन्वयन गरिने जिल्ला समन्वय समिति पर्वतले जनाएको छ । स्थानीय दलहरुको समेत सहमती कायम गरी स्थान परिर्वतन गर्दा कार्य सञ्चालनमा सहज हुने भएका कारण विहिबार पुनः वैठक बोलाइएको हो । जलजला गाउँपालिकाको केन्द्र जिल्ला स्तरीय दलहरुको निर्णय बमोजीम मिलनचोक, मोहन चोक वा वारी वेनी गर्ने गरी सहमती भएपनि पुर्नसंरचना आयोगले साविकको माझफाँट गाविसलाई केन्द्र तोकेका थियो ।

केन्द्र परिर्वतन भएको र तोकिएको केन्द्र अपायक भएको भन्दै नाङलीवाङ, बनौ, धाइरिङ, शालीजा र लेकफाँटका स्थानीयले विगत १ हप्ता देखि आन्दोलन गर्दै आइरहेका छन । केन्द्र विवादका कारण हालसम्म गाउँपालिकाको कार्यालयको औपचारिक शुभारम्भ समेत गरिएको छैन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस