Print

पर्वतमा कुल ९९ हजार ६ सय मतदाता, कुन–कुन वडामा कति छन मतदाता ? (विस्तृतमा)

७ चैत्र, पर्वत । जिल्लामा कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकामा कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन ।

कार्यालयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकामा कुल २५ हजार २ सय ४५ जना मतदाता रहेका छन । यसैगरी जलजला गाउँपालिकामा १३ हजार १ सय १६ जना रहेका छन ।

मोदी गाउँपालिकामा १५ हजार ७ सय र फलेवास नगरपालिकामा १९ हजार २ सय २४ जना मतदाता रहेका छन । यसैगरी विहादी गाउँपालिकामा ९ हजार २ सय ५४ जना, पैयूमा ९ हजार ८ सय ६६ र महाशिलामा ७ हजार २ सय ६५ जना मतदाता रहेका छन ।

हेर्नुहोस गाउँपालिका र नगरपालिका वडा अनुसारको कुल मतदाता संख्या

 

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस