Print

भूगोलमा पर्वतको सवैभन्दा ठूलो गाउँपालिका मोदी र सवैभन्दा सानो गाउँपालिका पैयू

२ चैत्र, पर्वत । पुर्नसंरचनामा पर्वतको सवैभन्दा ठूलो गाउँपालिका मोदी गाउँपालिका बनेको छ । भूगोल क्षेत्रफलको हिसाबमा सवैभन्दा ठूलो भूगोल भएको गाउँपालिकाको रुपमा मोदी गाउँपालिका परेको हो ।

पर्वत जिल्लाको कुल ५४१.५७ वर्ग किलोमिटरको भूगोलमा मोदी गाउँपालिका कुल १४३.६ वर्गकिलोमिटरको क्षेत्रफलमा रहेको छ । जिल्लाको कुल क्षेत्रफलको २६.५१ प्रतिशत भूगोल उक्त गाँउपालिका ओगटेको छ ।

साविकका ८ वटा गाविस मिलेर बनेको उक्त गाउँपालिकामा २१ हजार २ सय ८४ जनसंख्या रहेको छ । उक्त तथ्यांक २०६८ सालको जनगणनाको तथ्यांक हो । उक्त तथ्यांकलाई आधार मान्दा जिल्लाको कुल संख्याको १४.६१ प्रतिशत जनसंख्या उक्त गाउँपालिकामा बस्दछन ।

यसैगरी सवैभन्दा सानो क्षेत्रफलको गाउँपालिकाको रुपमा बिहादी गाउँपालिका परेको छ । कुल क्षेत्रफल मध्ये पैयू गाउँपालिका सवैभन्दा सानो गाउँपालिका बनेको छ । पैयू गाउँपालिको कुल क्षेत्रफल ४२.६५ वर्गकिलोमिटर रहेको छ । उक्त क्षेत्रफल कुल जिल्लाको क्षेत्रको ७.८७ प्रतिशत मात्र छ ।

भूगोलको हिसाबमा जिल्लाको सवैभन्दा सुदुर दक्षिणमा रहेको उक्त गाउँपालिकामा कुल १५ हजार ३ सय ८१ जनसंख्या बसोबास गर्दछन । उक्त तथ्यांक पनि पछिल्लो जनगणनाको तथ्यांक हो । सो तथ्यांकलाई आधारमा मान्दा जिल्लाको कुल जनसंख्याको १०.५५ प्रतिशत जनसंख्या उक्त गाउँपालिकामा पर्दछ ।

यसैगरी जलजला गाउँपालिकामा ८२.२६ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ । उक्त गाउँपालिकामा २१ हजार ४ सय ५४ जनसंख्या रहेको छ ।

यसैगरी कुश्मा नगरपालिकाको कुल क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ भने जनसंख्या ३९ हजार ६ सय रहेको छ ।

उता, महाशिला गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ भने उक्त गाउँपालिकाको कुल जनसंख्या ९ हजार ८ सय ५७ रहेको छ ।

४४.८ वर्गकिलोमिटर क्षेत्रफल रहेको विहादी गाउँपालिकामा भने १३ हजार ४ सय ३ जनसंख्या रहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस