२ चैत्र, पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्बतले फाल्गुन महिनामा मात्रै झण्डै ५ लाख बराबर राजश्व संकलन गरेको छ । यो राजश्व संकलन यस बर्षको सबै महिनाको भन्दा बढी हो । ट्राफिक नियमहरुको पालना नगर्ने ८ सय ५९ वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप ४ लाख ८४ हजार ५ सय रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलयका प्रहरी जबान सुदिप सापकोटाले जानकारी दिनुभएको छ ।
जसमध्ये सबैभन्दा धेरै कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अबधिमा २ सय ६८ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट १ लाख ४६ हजार राजश्व संकलन भएको छ ।
त्यस्तै २ सय ५० मोटर साईकल कारवाहिबाट १ लाख ५२ हजार ५ सय त्यस्तै १ सय १० बसको कारवाहिबाट ६१ हजार १ सय ४ ट्रकको कारवाहिबाट ५८ हजार र १ सय २७ टेक्टरको कारबाहि बाट ६७ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
पर्बतमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको उहाले बताउनुभयो । लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उहाको भनाई छ ।
फाल्गुन महिनामा मात्रै बिभिन्न बिद्यालय तथा सबारी चालक समक्ष ट्राफिक सचेतना तथा जनचेतना मुलक ६ बटा कार्यक्रम समेत सम्पन्न गरिएको ट्राफिक कार्यलयको भनाई रहेको छ । पछिल्लो समयमा ट्राफिक प्रहरीले सडकमै सवारी चालकलाई बिभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्देै आएको छ । सक्रियताकै कारण पछिल्ला महिनाहरुमा सामान्य र्दुघटना बाहेक गम्भिर प्रकृतिका र्दुघटना भने नभएको पाईएको छ । – सुवास लामिछाने





प्रतिकृया दिनुहोस्