३० फागुन, पर्वत । सामाजिक क्षेत्र मा क्रियाशिल रोट्याक्ट क्लब अफ पर्वतको रोट¥याक्ट सप्ताह आजवाट शुरु भएको छ ।मार्च १३ लाई हरेक वर्ष रोट्रयाक्ट दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउने क्रममा रोट्रयाक्ट क्लव अफ पर्वतले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गदै स्थानिय विकास अधिकारी विष्णुप्रसाद भुषालले युवाहरु परिवर्तनको संम्भाव रहेको बताउनु भयो ।
उहाँले युवाहरुले विकासको अवधारण स्थानियस्तर सम्म पु¥याउनु पर्ने मुख्य जिम्मेवारी आएको धारण समेत राख्नु भयो । क्लवले सामाजिक क्षेत्रमा गरेका उदाहरणीय कार्यको प्रशंसा गर्दै स्थानिय विकास अधिकारी भुषालले राष्ट्र निर्माणको निमित्त युवाहरुले रचनात्मक र सृजनात्मक कामलाई प्राथमिकतामा राखि युवाहरु राष्ट्र निर्माणको चिनारीलाई देखाउन तम्तयार हुनुपर्ने बताउदै सप्ताह सफलताको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी र रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा महिला व्यवसायी विष्णुकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो भने अर्की उद्यमी महिला गिता कुमारी शर्मालाई सिलाई मेशिन हस्तान्तरण गरिएको थियो ।
रोट¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष रामप्रसाद शर्मा (आर.सी) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रो. उत्तम के.सीले अध्यक्ष रामप्रसाद शर्मा (आर.सी) लाई कलर लगाई कार्यक्रमको समय निर्धारण गर्नुभएको थियो भने कार्यक्रम संयोजक गणेश पौडेल (टु आर जी) ले स्वागत, तथा कार्यक्रमको उद्देश्य माथि कार्यक्रमका मुल संयोजक मिलन पौडेलले प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन रोट¥याक्ट क्लव अफ पर्वतका सचिव गणेश पौडेलले गर्नुभएको थियो ।
आजवाट शुरु भएको सप्ताह कार्यक्रम चैत्र ६ गतेसम्म सञ्चालन हुनेछ भने क्लवले चैत्र १ गते पर्यटन प्रर्वद्धनका लागि लालेश्वर गुफा सरसफाई तथा मुर्ती स्थापना, चैत्र २ गते ह्विलचियर तथा स्टेशनरी वितरण कार्यक्रम, चैत्र ३ गते रोट¥याक्ट क्लव र पर्वत संगित तथा इलेक्टोनिक्स व्यवसायी संघ विच मैत्रीपुर्ण फुटबल, चैत्र ४ गते विद्यालयको लागि आवश्यक सामाग्री वितरण, चैत्र ५ गते प्रोफेशनल विकास तालिम, चैत्र ६ गते तथा अन्तिम दिन ट्राफिक सचेतना तथा सरसफाई बोर्ड स्थापना तथा समापन समारोह रहेको छ ।







प्रतिकृया दिनुहोस्