३० फागुन, पर्वत । कुश्मा नगरपालिका वडा ६ स्थित शिवालय चोकमा मोटरसाइकलको ठक्करबाट एक पदैल यात्रु घाइते भएकी छिन ।
बागलुङ नगरपालिका घर भएकी ३० बर्षिया माया परियारलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ग ७ प ४२६९ नम्बरको मोटरसाइकलले परियारलाई सोमबार साँझ सडकमै ठक्कर दिएको थियो ।
मुस्ताङबाट पोखरा जाँदै गरेको मोटरसाइकले ठक्कर दिँदा घाइते भएकी विकलाई उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको छ । मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन ।




प्रतिकृया दिनुहोस्