Print

पर्वतको पुर्नसंरचना : पञ्चासेको लेक पनि कुश्मा नगरपालिका

२७ फागुन, पर्वत । सरकारले आज जारी गरेको पर्वतको पुर्नसंरचनाको भूगोल भित्र साविकको पश्चिमाञ्चल विकास क्षेत्रको चर्चित लेकको रुपमा रहेको पञ्चासेको लेकको केहि भाग पनि कुश्मा नगरपालिका भित्र परेको छ ।

साविकको कुश्मा नगरपालिकामा ठूलिपोखरी, खौला र आर्थर साविकका गाविसहरुलाई थप गर्दा आर्थर गाविससंगै रहेको पञ्चासेको लेक पनि कुश्मा नगरपालिका भित्र परेको हो । पञ्चासेको लेक साविकका आर्थर, राम्जादेउराली र चित्रे गाविस भित्र पर्दथ्यो ।

राम्जा र चित्रे गाविस मोदी गाउँपालिका बनेका कारण पञ्चासे लेकको केहि क्षेत्रफल मोदी गाउँपालिका बनेको छ भने केहि भाग कुश्मा नगरपालिकामा परेको छ । पञ्चासेको सवै क्षेत्रलाई हिसाव गर्दा स्याङजा, कास्की र पर्वत जिल्लाको सिमाना भित्र पर्दछ । ठूलो क्षेत्रफलमा रहेको उक्त लेकको मुख्य आकर्षक ताललाई पर्वतले दावा गरिरहेको छ । पर्वतको आर्थर गाविसमा पञ्चासे लेकसंगै लेकमा रहेका सयौ हेक्टर जंगल पर्दछ ।

साविकको आर्थर गाविसलाई कुश्मा नगरपालिकामा थप गरेसंगै उक्त जंगलको अधिकांश क्षेत्रलाई नगरपालिकाले आफ्नो सम्पत्तिको रुपमा उपयोग गर्न पाउने भएको छ । योसंगै साविकको आर्थर गाविसमा रहेका होमस्टे समेत नगरपालिकका सम्पत्ति भएका छन ।

कुश्मा नगरपालिका अवबाट स्याङजासंग प्रत्यक्ष जोडिएको छ । स्याङजाको फुलवारीबाट आर्थरसम्म जोड्ने सडक कालोपत्रे हुने गरी सरकारले समेत निर्णय गरीसकेका कारण कुश्मा नगरपालिकाको सिमाना स्याङजा जिल्लासंग प्रत्यक्ष सडक संजाल मार्फत जोडिएको हो । नगरपालिकालाई अन्य गाउँपालिकासंग समन्वय नगरी स्याङजा हुँदै सामान निर्यातका लागि सहज भएको छ ।

आर्थरको माथिल्लो भेगको आर्थिक कारोबार स्थानीयले पोखरा र स्याङजा तर्फ गर्ने भएका कारण माथिल्लो क्षेत्रले नगरपालिकामा सम्माहित हुन नखाजे पनि राजनैतिक दलहरुको निर्णयका आधारमा आर्थरडाँडाखर्क गाविसलाई नगरपालिका क्षेत्रमा समावेश गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस