२७ फागुन, पर्वत । अविरल बर्षातसंगै परेको चट्याङ लागेर पर्वतको खानीगाउँ गाविसमा ११ जना घाइते भएका छन । बेलुकीपख परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन ।
घाइते हुनेहरुमा मोति सापकोटा खानीगाउ ७, अमृता पौडेल खानिगाउ ४, रिता चापागाइ खानीगाउ ३, अमृता नेपाली खानीगाउ ७ रहेका छन ।
यसैगरी घाइतेहरुमा अच्युत श्रेष्ठ खानीगाउ ५, आकृती श्रेष्ठ खानीगाउ ७, दुर्गा श्रेष्ठ खानिगाउ ७, आयुशमा नेपाली खानीगाउ ५, आगमन नेपाली खानीगाउ ५, सिर्जना बोहोरा खानीगाउ ६, अन्जना सिके खानीगाउँ ६ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय धुलीखेल अस्पताल उपचार भएको रेडियो पर्वतका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए । घाइतेहरु मध्ये सवै जना डिचार्ज भईसकेका छन ।
शर्माका अनुसार घाइतेहरुको शरीरमा विजुलीको छर्राका कारण डढेको, केहि घाइते चट्याङका कारण वेहोस भएका र केहिको हात खुट्टा कापि रहेको थियो ।
तस्विर : शंकर शर्मा






प्रतिकृया दिनुहोस्