२७ फागुन, पर्वत । मधेसी मोर्चाले आज आब्हान गरेको बन्दको प्रभाव धौलागिरी क्षेत्रमा छैन । यस क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सहज ढङगले सवारी साधनहरु सञ्चालनमा छन भने ब्यापार ब्यवसाय पनि पूर्ववर्त तरिकाले सञ्चालनमा छन ।
धौलागिरी बस ब्यवसायी समितिको कार्यालयले दिएको जानकारी अनुसार बागलुङ, पर्वत र म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु विना अवरोध सञ्चालनमा छन । यात्रुको संख्या कमी भएपनि सवारी साधनहरु भने निर्वाध सञ्चालना रहेको कार्यालयले जनाएको छ । उता, सवै जिल्लाका सदरमुकामहरुका पसलहरु पनि खुलेका छन ।
‘जनजीवन सामान्य छ’ पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले भने । उता, जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि पूर्ववत ढङगले सञ्चालनमा आउने पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल बताउँछन ।
मधेसी मोर्चाको संगनात्मक स्वरुप यस क्षेत्रमा नभएका कारण पनि बन्दको प्रभाव निस्प्रभावी बनेको उद्योग बाणिज्य संघ पर्वतका महासचिव ठाकुर वि. पौडेलले बताए । ब्यवसायको कारोबार घट्ने भएपनि सवै ब्यवसाय भने सञ्चालनमा रहेको उनले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्