Print

बाढिले बगाएको भुकको लघु जलविद्युत आयोजनाको मर्मतका लागि २० लाख बजेट

२६ फागुन, पर्वत ।  बाढिले क्षति पुराएको जिल्लाको भुकदेउराली गाविस वडा न ८ मा रहेको ठाडोखोला लघुजलबिद्युत आयोजनाको मर्मतका लागि २० लाख रकम विनियोजन भएको छ ।  बर्षातको भेलसंगै आएको बाढिले गत भदौमा आयोजनाको १ सय २० मिटर लामो क्यानल र तारजाली बगाएको थियो ।

स्थानीय विकास मन्त्रालयले पर्वत जिल्लाका लागि थप गरिएका योजनामा उक्त जलविद्युत आयोजना मर्मतका लागि २० लाख रुपैंया विनियोजन भएको माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरीले जानकारी दिए ।

२७ किलोबाट क्षमताको आयोजनाबाट १ सय ५१ घर परिवारले विद्युत उपयोग गर्दैै आएका थिए । बाढिले क्षति पुराएपछि आयोजना अहिले बन्द भएको आयोजना ब्यवस्थापन समितिका अध्यक्ष डिलप्रसाद गुरुङले जानकारी दिए । गुरुङका अनुसार बाढिका कारण लाखौंकोे क्षति भएको छ ।

जिल्लाका सवै जसो गाविसमा केन्द्रिय प्रसारण लाईन पुगेपनि उक्त क्षेत्रमा केन्द्रिय प्रसारण लाईन प्रयोग नगरेर स्थानीयले लघु जलविद्युतको विद्युत उपभोग गर्दै आएका थिए । आयोजना बन्द हुँदा उपभोक्ताहरु भने अध्यारोमा बस्न बाध्य भएको अध्यक्ष गुरुङ बताउँछन । ‘गाउँमा केन्द्रको विजुली छ, तर हामीले स्थानीय विजुली नै प्रयोग गरेका थियौ’ गुरुङले भने ‘बाढिले ठूलो क्षति पुराएकाले त्यसको मर्मतको लागि भने आर्थिक समस्या परेको थियो ।’
२०५६ सालमा झण्डै २८ लाख ४७ हजार रुपैंयाको लागतमा निर्माण भएको उक्त आयोजनाबाट साविकको क्षमता भन्दा धेरै ३५ देखि ३६ किलोवाटसम्मको विद्युत उत्पादन हुँदै आएको अध्यक्ष गुरुङ बताउँछन । आयोजनाबाट उत्पादन भएको विद्युत भुकदेउराली गाविसका ५, ६, ७, ८ र ९ नम्बर वडाका स्थानीयले प्रयोग गर्दै आएका थिए ।

प्रति घर एक सय वाटको ८० रुपैंयाको दरले प्रयोग शुल्क सामूदायिक समितिले लिदै आएपनि आयोजनाको पटक पटकको मर्मतमा रकम भने खर्च हँुदै आएको अध्यक्ष गुरुङ बताउँछन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस