Print

आइतबार देखि पर्वतमा २ नगरपालिका र ५ गाउँपालिका, पुरानो संरचना विघटन (यस्तो छ मन्त्रालयको निर्देशन)

२७ फागुन, पर्वत । स्थानीय विकास मन्त्रालयले देश भरका जिल्ला विकास समितिको नाउँमा पत्राचार गरी नयाँ संरचना अनुसारको कार्य गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेको पत्रमा स्थानीय तहको शासन आदेश सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बमोजीम मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछन् । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् ।

नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह ९ गाउँपालिका र नगरपालिका हुनेछन् । संविधानअनुसार स्थानीय तह ९७ सय ४४ वटा गाउँ/नगरपालिका पुनः संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिारीलाई बिहीबार निर्देशन दिएको हो । .
पर्वतमा भने नयाँ संरचना अनुसार कुश्मा र फलेवास गरी दुई नगरपालिका कायम हुनेछन भने जलजला, मोदी, महाशिला, विहादी र पैयू गरी पाँच वटा गाउँपालिका कायम हुनेछन । हाल १ नगरपालिका र ४७ वटा गाउँ पालिका कायम छन । यि सवै संरचना आइतबार देखि स्वतः विघटन हुनेछन ।

मन्त्रालय नयाँ संरचनाका लागि गाउँपालिका प्रमुख र नगरपालिका प्रमुख पदमा अधिकृत स्तरको दरबन्दी पठाउने तयारी गरीरहेको छ । नयाँ संरचनाको लेटर प्याड, छाप, बोर्ड र कार्यालय सञ्चालनको तयारी गर्न समेत मन्त्रालयले स्थानीय विकास अधिकारीलाई बिहिवार नै निर्देशन दिइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस