Print

शिवालय बहुउद्देश्यीयले कारोबार थाल्यो

२६ फागुन, पर्वत । सहकारीहरु सञ्चालन हुने क्रम सँगै पर्वत सदरमुकाम कुश्माबजारमा अर्को बहुउद्देश्यीय सहकारीले आफ्नो कारोबार थालनी गरेको छ । २०६५ सालमा सहकारी डिभिजन कार्यालय बागलुङमा बैधानिक रुपमा दर्ता भएको शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले विहिबार देखि आफ्नो कारोबार थालनी गरेको हो ।

सहकारीले विदुर पौड्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति विस्तार गरी आफ्नो कारोबार थालनी गरेको छ । ६९ जना शेयर सदस्यहरुको लगानीमा झण्डै २ करोडको कुल पूँजीबाट कारोबारको सुरुवात गरिएको संस्थाका अध्यक्ष पौड्यालले जानकारी दिए ।

हाम्रो एकता, स्थानीय अर्थतन्त्रको गतिशिलता भन्ने मुल नाराका साथ सञ्चालन भएको सहकारीले उद्यमी सिर्जना सँग जिल्लामा आयआर्जनको क्षेत्रमा लगानी गर्ने संस्थाका सचिव राजन जोशीले जानकारी दिए । १ लाख देखि २० लाख सम्म प्रतिव्यक्ति शेयर संकलन गरेको सहकारीले सामाजिक हैसियत कायम गर्ने गरी कारोबार सञ्चालन गर्ने अध्यक्ष पौड्यालले जानकारी दिए ।

सहकारीको उपाध्यक्षमा नयाँनाथ गौतम रहेका छन् भने सचिवमा राजन जोशी, कोषाध्यक्षमा आशिष जोशी, ऋण संयोजकमा सरिता श्रेष्ठ जोशी, लेखा संयोजकमा विनोद कर्माचार्य, शिक्षा संयोजकमा प्रेम प्रसाद शर्मा र सदस्यहरुमा सागर जोशी, विन्दु गौतम र देवी श्रेष्ठ रहेका छन् । – सन्तोष थापा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस