Print

राम्जा देउरालीमा ५५ लाखमा शहिद स्मृति सुचना केन्द्र बन्दै, पर्वतमा थप ५ करोड बजेट (योजनाको नाम सहित)

२५ फागुन, पर्वत । जिल्लाको पूर्वी क्षेत्रमा पर्नेमा राम्जादेउराली गाविसमा ५५ लाखको लागतमा मदन–लील स्मृति सुचना केन्द्र तथा पुस्तकालय निर्माण हुने भएको छ । चालु आर्थिक बर्षमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका लागि थप कार्यक्रम अन्तर्गत उक्त योजना निर्माण हुने भएको हो ।

राम्जादेउरालीमा बन्ने उक्त सुचना केन्द्र तथा पुस्तकालयबाट स्थानीय स्तरमा आधुनिक र प्रविधि मैत्री बन्ने स्थानीयले विश्वास लिएका छन । सरकारले आर्थिक बर्षको पछिल्लो चौमासिक शुरु हुन लाग्दा विभिन्न योजनाहरुमा खर्च हुन नसकेका रकमहरुलाई रकमान्तर गरी थप योजनाहरुको निर्णय गरेको स्थानीय विकास अधिकारी विष्णु भुषालले जानकारी दिए । ‘मन्त्रालयमा हुने सोधान्तर रकमबाट अन्तिम चौमासिकमा खर्च गर्न मिल्ने ठूलो रकम हुन्छ’ भुषाल भन्छन–‘सोहि रकमबाट नयाँ योजनाहरु परेका हुनसक्छन ।’

माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरीले दिएको जानकारी अनुसार थप बजेट अन्तरगत पातिचौरको शित भण्डारका लागि ५० लाख रुपैंया विनियोजन भएको छ । पातिचौरमा शित भण्डार नहुँदा कृषकहरुको उत्पादनलाई सुरक्षा गर्न समस्या परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसंग जिल्लाका राजनैतिक दल र स्थानीयले शित भण्डारको माग समेत गरेका थिए । थप बजेट अन्तगर्त ४० लाखको लागतमा कास्कीको भदौरे हुँदै चित्रेको बाटो स्तरउन्नतीका लागि समेत ४० लाख रुपैंया रकम विनियोजन भएको गिरीले जानकारी दिए ।

यसैगरी चित्रे गाविसको पात्लाखर्क राम्जाठाँटी पकुवा राहालेसम्मको सिंचाई कूलोको लागि ३० लाख रकम विनियोजन भएको छ । थप योजना मध्ये तिलाहार गाविसको रातमाटा हुँदै सिन्नेरी पकुवा चुत्रेनीडाडा ग्रामीण सडकका लागि पनि ३० लाख रुपैया विनियोजन भएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस