Print

पुतलीखेत–कार्कीनेटा–कुश्मा सडकमा ३१ किलोमिटर ट्रयाक, १८ किलोमिटर ग्राभेल पुरा

२५ फागुन, पर्वत । बहुप्रतिक्षित पुतलीखेत कार्किकेटा देखि कुश्मासम्मको सडकको ३१ किलोमिटर सडकको ट्रयाक पुरा भएको छ । सडक विभागले दिएको जानकारी अनुसार कुल ४७ किलोमिटरको सडकमा हालसम्म ३१ किलोमिटरको ट्रयाक खन्ने काम सकिएको छ ।

१ सय ४५ करोड लागतको अनुमानमा निर्माण कार्य शुरुवात गरिएको उक्त सडक आर्थिक बर्ष ०६३/०६४ बाट निर्माण कार्य शुरु भएको हो । पर्वत जिल्लाको आर्थिक विकाससंग जोडिएको उक्त सडकले स्याङजा जिल्लालाई पर्वतसंग प्रत्यक्ष सम्पर्कमा जोड्ने छ ।

कार्किनेटा नाका हुँदै पर्वतमा भित्रने सवारी साधनहरुका लागि निकै सहज हुने अनुमान गरिएको उक्त सडक निर्माणका लागि आगामी बर्ष थप ३ किलोमिटर ट्रयाक खोलिने सडक विभागले जनाएको छ । आगामी आर्थिक बर्ष २०७४/०७५ मा थप ४ किलोमिटर सडक चौडा गर्ने गरी विभागले योजना गरेको छ । बहुबर्षिय योजना बमोजिम नेपाल सरकारको रातो किताबमा सुचिकृत उक्त सडकमा आगामी बर्ष नाली निर्माण, मोड सुधार र टेवा पर्खाल निर्माण गर्ने गरी विभागले योजना गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस