Print

नेपाललाई लोकसेडिङ मुक्त घोषणा गरिने

२४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ । 

चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस बर्षको तीहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए । उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस