Print

मधेस पस्यो एमाले

२२ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाले नेकपा एमालेको मेची-महाकाली अभियान झापाबाट सुरु भएको समाचारलाई विभिन्न शीर्षकमा छापेका छन् ।

यससँगै १० जिल्लामा स्थानीय तह थप्ने तयारी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्वका साथ छापेको छ । अन्नपूर्ण पोस्ट्को फ्रन्टपेजमा हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको समाचारले स्थान पाएको छ ।
पुनर्निर्माणका लागि २ खर्ब खातामा भएर पनि विद्यालयहरुको पुनर्निर्माण नभएको समाचार र जाजरकोटमा मोटर चढ्न ७ दिन पैदल हिँड्नुपर्ने स्थिति रहेको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा छापेको छ ।माओवादी केन्द्रले निर्वाचन विकल्परहित भएको निष्कर्ष निकालेको समाचारलाई राजधानीले महत्व दिएको छ । नागरिक दैनिकले स्वस्थ्यकर्मीको आन्दोलनले पोलियो कार्यक्रम प्रभावित भएको समाचार र टिपरका कारण सडक दुर्घटना बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

मधेसी मोर्चामा संविधान संशोधनको आश भएको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले रसुवागढी नाकामा नेपाली भूमिमा त्रिपालको टहरो भएको तर चिनियाँ भूमिमा ठूला पक्की महल भएको समाचारलाई एकंर बनाएको छ ।

२०७३ फागुन २२ गते ६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस