२१ फागुन, काठमाडौँ । नेकपा एमालेले फागुन २८ गते नवलपरासीमा कावासोतीमा विशाल सभा गर्ने भएको छ । मेची -महाकाली अभियान अन्तर्गत चार नम्बर प्रदेश संगठन कमिटीको आयोजनामा विशाल सभा गर्न लागिएको हो ।
सभामा ५० हजार मानिस उतार्ने तयारीका साथ शनिबारबाट एकहप्ते अभियान सुरु भएको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश नम्बर ४ का सचिव जगत विश्वकर्मालेलाई जानकारी दिनुभयो ।
‘२८ गतेको विशाल जनसभालाई सफल पार्न आजबाट ३० वटा टोली एक हप्ताका लागि घरदैलो अभियानमा निस्केको छ । नवलपुर जिल्ला संगठन कमिटीले बनाएको योजना अनुरुप स्थानीय पार्टी कमिटीलाई सहयोग गर्न १७० जना सम्मिलित टोलीले घरदैलोमै पुगेर प्रचारप्रसार तथा कोणसभा गरी जनसभाबारे जानकारी दिनेछ ।’, नेता विश्वकर्माले भन्नुभयो – ‘प्रचारप्रसारका लागि थारु, मगर र नेपाली गरी तीन वटा भाषामा २ लाख प्रचार सामाग्री प्रकाशित गरिएको छ । टोली एकहप्तासम्म जनताको घरदैलोमा पुगी जनताकै घरमा बास बस्नेछ ।’
नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्र्तगत नै फागुन २८ गते कावासोतीमा विशाल सभा हुन लागेको हो । सभामा चार नम्बर प्रदेशका अन्य जिल्लाबाट नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । सभापछि केन्द्रीय नेताहरु नवलपरासीमा बास बस्ने योजना छ । केन्द्रीय नेताहरुसहितको टोलीलाई फागुन २९ गते दाउन्ने पुर्याएर बिदा गर्ने तयारी गरिएको छ ।





प्रतिकृया दिनुहोस्