Print

स्वबीयू निर्वाचन : अखिल १८, अखिल (क्रान्तिकारी) १७ र नेविसंघ १५ क्याम्पसमा विजयी (नामावली सहित)

१८ फागुन, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका ठूला क्याम्पसमा स्ववियु चुनावको उम्मेदवारी मनोनयन दर्ता रोकिएपछि ठूला संगठनहरू साना क्याम्पसमा वर्चस्व कायम गर्ने अभियानमा छन् । त्रिविका थोरै मतदाता भएका आंगिक क्याम्पसमा बुधबार हुने स्ववियु चुनावमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड) मुख्य प्रतिस्पर्धामा छन् ।

देशभरका दुई दर्जन त्रिवि आंगिक क्याम्पसमा मात्र बुधबार स्ववियु चुनाव हुँदै छ । अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) का उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले ठूला क्याम्पसमा चुनाव नहुने भएपछि मनोनयन दर्ता भएका क्याम्पसमा चुनाव जित्ने रणनीतिमा लागेको बताए । उनले मनोनयन दर्ता भएका क्याम्पसमा आफ्नो संगठन सक्रियताका साथ चुनावमा लाग्ने बताए । अनेरास्ववियुका सचिव आरसी लामिछानेले आफूहरू साना क्याम्पसमा स्ववियु चुनाव सम्पन्न गर्ने र ठूला क्याम्पसमा वातावरण बनाउने प्रयासमा रहेको बताए ।

चुनाव हुने क्याम्पस सिलबन्दी
उपत्यकाका केही क्याम्पसमा बुधबार स्ववियु चुनाव हुने भएपछि मंगलबारदेखि सिलबन्दी भएको छ । चुनावी वातावरण शान्त र मर्यादित बनाउन मंगलबार बिहान ६ बजेदेखि बिहीबार १० बजेसम्मका लागि ती क्याम्पसमा सिलबन्दी गरिएको हो ।

त्रिविको कार्यतालिकाअनुुसार प्रक्रिया पूरा गरेका क्याम्पसमा निर्वाचन समितिले सिलबन्दी गरेको जनाएको छ । भक्तपुर बहुमुखी, सानोठिमी शिक्षा, थापाथली इन्जिनियरिङ, पुल्चोक इन्जिनियरिङ, महाराजगन्ज मेडिकल, नर्सिङ क्याम्पस महाराजगन्जलगायत क्याम्पसमा मंगलबार सिलबन्दी गरिएको छ।

बिहीबार १० बजेसम्म क्याम्पस हाताभित्र कर्मचारीबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ । केही क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि र केहीमा ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदाताले साथमा विद्यार्थी परिचयपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था छ ।

सानोठिमी क्याम्पसमा आगजनी
सानोठिमी शिक्षा क्याम्पसमा सोमबार राति आगजनी भएको छ । आगजनीमा क्याम्पस प्रमुख बस्ने कार्यकक्षका सामान जलेर नष्ट भएका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भए पनि निर्वाचनसँग सम्बन्धित सबै कागजात सुरक्षित रहेकाले बुधबारका लागि तोकिएको चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताए । आगजनी कसले गरेको हो भन्ने अझै पुष्टि हुन सकेको छैन । तर, विद्यार्थी संगठनहरूले एक–अर्कालाई आरोप लगाएका छन् ।

अखिल (क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव समूहले आगजनी गरेको क्रान्तिकारीका महासचिव एवं सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले आरोप लगाएका छन् । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले सो आरोप अस्वीकार गरेकी छन् । उनले भनिन्, ‘अनेरास्ववियुका कुनै पनि विद्यार्थीले सानोठिमी क्याम्पसमा आगजनी गरेका होइनन् ।’ नेविसंघका कारण देशैभरको चुनाव भाँडिएको उनको आरोप छ ।

ललितकलामा तालाबन्दी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने निश्चित भएपछि एमालेनिकट विद्यार्थी संगठनले ललितकला क्याम्पसमा मंगलबार तालाबन्दी गरेको छ । सो क्याम्पसमा त्रिविको चुनावी कार्यतालिकाअनुसार प्रक्रिया अघि बढेको थियो ।

अनेरास्ववियुले पनि निर्वाचनमा भाग लिन आइतबार उम्मेदवारी दर्ता गरेको थियो । तर, देशका अन्य ठूला क्याम्पसमा चुनाव नहुने भएपछि ललितकलामा मात्र चुनाव गर्नुको औचित्य नरहेको भन्दै तालाबन्दी गरिएको हो । तर, नेविसंघले निर्वाचन जित्ने लक्षण देखेपछि अनेरास्ववियु निर्वाचनको विपक्षमा उभिएको ललितकला नेविसंघका नेता उमेश थापाले आरोप लगाए ।

शंकरदेवमा २३ फागुनमा चुनाव
शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नयाँ कार्यतालिकासमेत सार्वजनिक भएको छ ।

१८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दाबी विरोधसहित अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । केही विद्यार्थी संगठनले सर्वपक्षीय छलफलमा नयाँ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको विरोध गरेका छन् ।

लहान क्याम्पसमा तोडफोड
लहान/क्याम्पस प्रमुखले चुनाव गराउन नसक्ने बताएपछि सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । अनेरास्ववियु र नेविसंघले तोडफोड गरेका हुन् ।

मतदान हुनुभन्दा एक दिनअघि क्याम्पस प्रमुख तुलसी पोखरेलले चुनाव गराउन नसक्ने बताएका थिए । तर, निर्वाचन गराउन पोखरेललाई नेविसंघ र अनेरास्ववियुले दबाब दिएका थिए । क्याम्पस प्रमुख पोखरेलले नसक्ने बताएपछि आक्रोशित दुवै विद्यार्थी संगठनले क्याम्पसको लाइब्रेरी शाखामा तोडफोड गरे ।

राजविराजमा स्थगित
सप्तरी/ मधेसी दलनिकट विद्यार्थी संगठनको विरोधका कारण राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा चुनाव स्थगित भएको छ । निर्वाचन समितिले ‘असहज परिस्थिति उत्पन्न’ भएको भन्दै सूचना जारी गरी अनिश्चितकालका लागि चुनाव स्थगित गरेको छ ।

स्ववियु निर्वाचन तालिकाअनुसार गत शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम थियो । तर, मधेसी दलनिकट विद्यार्थी संगठनको विरोधका कारण मनोनयन दर्ता हुन सकेको थिएन । ती संगठनले चुनावको प्रतिरोध गर्ने चेतावनी दिएका थिए । उनीहरूले क्याम्पस प्रशासनले अरू विद्यार्थी संगठनको मिलेमतोमा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नसच्याएसम्म चुनाव हुन नदिने जनाएका छन् ।

कहाँ कुन संगठनले निर्विरोध अध्यक्ष जिते ?
त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसके पनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चस्व रहेको दाबी गर्न थालेका छन् ।

अनेरास्ववियु १८ र अखिल क्रान्तिकारीले १७ क्याम्पसमा जितेको दाबी गरेका छन् । नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दाबी गरेको छ । तर, त्रिविले उपलब्ध गराएको सूचीमा नेविसंघले १४ क्याम्पसमा मात्र अध्यक्ष जितेको जनाइएको छ । विभिन्न संगठनले जितेको दाबी गरेका केही क्याम्पसमा भने विवाद छ ।

नेविसंघले अध्यक्ष जितेका क्याम्पस
१. गोकुलेश्वर कृषि क्याम्पस बैतडी, अध्यक्षः राजेन्द्र बम
२) प्रकाश बहुमुखी क्याम्पस काभ्रे, अध्यक्षः तृष्णा पन्त (उप्रेती)
३) नीलकण्ठ ब. क्याम्पस धादिङ, अध्यक्षः सरोजराज पाण्डे
४) मच्छिन्द्र ब. क्याम्पस धादिङ, अध्यक्षः प्रमोद गिरी
५) मंगला क्याम्पस लमजुङ, अध्यक्षः विश्वनाथ मिश्र
६) कान्तिपुर क्याम्पस काठमाडाैँ, अध्यक्षः प्रबल बज्राचार्य
७) दिपायल क्याम्पस डोटी, अध्यक्षः जीवन भण्डारी
८) घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस, अध्यक्षः जितेन्द्र बोहोरा
९) दुधकोसी क्याम्पस सोलुखुम्बु, अध्यक्षः मिलन केसी
१०) त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली, अध्यक्षः वसन्त अधिकारी
११) कोट्देउला जनआदर्श क्याम्पस दैलेख, अध्यक्षः रमाकुमारी नेपाली
१२) कपुरकोट क्याम्पस सल्यान, अध्यक्षः सन्देश आचार्य
१३) त्रिपुरासुन्दरी क्याम्पस सल्यान, अध्यक्षः भीम कुंवर
१४) सिंजा ब. क्याम्पस जुम्ला, अध्यक्षः अमर सिंह खत्री

१५) गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत सभापति शिशिर क्षेत्री

अनेरास्ववियुले अध्यक्ष जितेका क्याम्पस
१) पाटन बहुमुखी क्याम्पस बैतडी, अध्यक्षः महेशप्रसाद भट्ट
२) सल्यान बहुमुखी क्याम्पस सल्यान, अध्यक्षः रामबहादुर खत्री
३) मान्डव्य बहुमुखी क्याम्पस पाल्पा, अध्यक्षः नवीन बस्याल
४) शान्ति क्याम्पस बझाङ, अध्यक्षः ईश्वर सिंह
५) खापरदेव क्याम्पस बझाङ, अध्यक्षः पूजा कार्की
६) सेती क्याम्पस बझाङ, अध्यक्षः विमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस धादिङ, अध्यक्षः रूपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस काभ्रे, दोलखा, अध्यक्षः सन्तोष दाहाल
९) खोटाङ क्याम्पस खोटाङ, अध्यक्षः सन्तोषी फुँयाल
१०) सिमपानी क्याम्पस खोटाङ, अध्यक्षः रोशन पोखरेल
११) कानपुर क्याम्पस काभ्रे, अध्यक्षः सुनिता तामाङ
१२) उध्द—बुध्द बहुमुखी क्याम्पस पाल्पा, अध्यक्षः नवीन आचार्य
१३) अमरदीप क्याम्पस सुर्खेत, अध्यक्षः हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस पाँचथर, अध्यक्षः रविन सम्बाहाम्फे लिम्बू
१५) काठमाडौं कुलेश्वर क्याम्पस काठमाडौं, अध्यक्षः सुशील गिरी
१६) कृष्ण स्नातक लाली क्याम्पस दार्चुला, अध्यक्षः कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस डोटी, अध्यक्षः रमेश पचेरा

१८) अन्नपूर्ण बहुमुखी क्याम्पस पर्वत सभापति हिमाल श्रेष्ठ

अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष जितेका क्याम्पस
१) पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँची, अध्यक्षः लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, अध्यक्षः श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस बाफिकोट रुकुम, अध्यक्षः नवराज केसी
४. सिम्रुतु शिक्षा क्याम्पस रुघा रुकुम, अध्यक्षः जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम, अध्यक्षः रामबहादुर खड्का
६. वनगाड क्याम्पस सल्यान, अध्यक्षः इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस सल्यान, अध्यक्षः रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस शीतलपाटी सल्यान, अध्यक्षः हरिप्रकाश वली
९. जनज्योति क्याम्पस पुर्कोटदह गुल्मी, अध्यक्षः सिर्जना घिमिरे
१०. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, अध्यक्षः शालिकराम उप्रेती
११. लटिनाथ बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः नरबहादुर विष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस सानोश्री ताराताल बर्दिया, अध्यक्षः धनसरा ढकाल
१४. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस खहरे धादिङ, अध्यक्षः रामबाबु विष्ट
१५. नन्दादेवी बहुमुखी क्याम्पस कोटवाडा कालिकोट, अध्यक्षः लक्ष्मण बुढा
१६. नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट, अध्यक्षः राजन राना
१७. सगरमाथा आइटी कलेज सानेपा काठमाडौं, अध्यक्षः मनीष खत्री

 

 

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस