१५ फागुन, पर्वत । जिल्लामा कम्युनिष्ट आन्दोलन शुरुवात गर्ने मुडिकुवा गाविसका २ दर्जन बढि जेष्ठ कम्युनिष्टहरुलाई एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सम्मान गरेका छन ।
शनिवार जिल्लाको मुडिकुवा गाविसमा आयोजीत एक कार्यक्रमका वीच नेपालले उनीहरुलाई सम्मान गरेका हुन । २०४६ साल अघिको कम्युनिष्ट आन्दोलन भूमिगत थियो । भूमिगत आन्दोलनको समयमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका योद्धाहरुलाई नेकपा एमालेको मुडिकुवा गाउँ कमिटिले सम्मान गरेको हो । उक्त कार्यक्रममा कतिपयलाई मृत्युपर्यन्त समेत सम्मान प्रदान गरिएको थियो ।
जिल्लाको मुडिकुवा गाविसमा नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनका हालका थुपै्रै नेताहरुलाई भूमिगत कालमा आश्रय दिने स्थानको रुपमा पनि चिनिन्छ । ‘कम्युनिष्ट आन्दोलनलाई आजको उचाईमा पुराउनका उहाँहरुको निकै ठूलो भूमिका छ’ स्थानीय नेता कृष्ण लम्साल भन्छन–‘योगदानको कदर गर्दै गाउँ कमिटिले उनीहरुलाई सम्मान गरेको हो ।’
सम्मान कार्यक्रम पछि सम्मानीत हुनेहरु मध्येबाट अधिबत्ता समेत रहेका रामप्रसाद घिमिरेले पर्वतको कम्युनिष्ट आन्दोलनको बारेमा थप चर्चा गरेका थिए । यसैगरी स्थानीय एमाले नेता टिकाराम गौडेलले कम्युनिष्ट आन्दोलनको इतिहासको बारे समेत चर्चा गरेका थिए ।
Print
पर्वतका पुराना कम्युनिष्टलाई माधव नेपालले सम्मान गरे




प्रतिकृया दिनुहोस्