Print

अखिल (क्रान्तिकारी) पर्वतका पूर्व अध्यक्ष एमालेमा प्रवेश, कांग्रेस प्रवेश गरे भनिएका एमाले कार्यकर्ता गदाल भन्छन–‘मेरो चरित्र हत्या भयो’

१४ फागुन, पर्वत । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का पूर्व जिल्ला अध्यक्ष पिताम्बर नेपाली र माओवादीका सक्रिय कार्यकर्ता इश्वरी लामिछाने नेकपा एमालेमा प्रवेश गरेका छन । शनिवार पर्वतको मुडिकुवामा आयोजीत एक कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले टिका लगाई नेपालीलाई एमालेमा स्वागत गरेका हुन ।

उनीहरुसंगै माओवादी निकट अन्य कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । मुडिकुवा गाउँ कमिटिले आयोजना गरेको बृहत जनसभा कार्यक्रममा उनीहरुलाई एमालेका नेता नेपालले टिका लगाएर पार्टीमा स्वागत गरेका हुन । एमालेमा प्रवेश गरेका नेपाली माओवादी आन्दोलन देखि राजनीतिमा लागेका र स्थानीय स्तरमा कार्यकर्ता माझ राम्रो सम्बन्ध भएको नेताका रुपमा चिनिन्छन । उनी तत्कालीन माओवादीका जिल्ला कमिटि सदस्य समेत हुन ।
उता, एमाले निकट नेपाल निर्माण सामाग्री ब्यवसायी संघका अध्यक्ष तथा मुक्ति समाज नगर कमिटि सचिव दिपक गदालले आफूलाई नेपाली कांग्रेस प्रवेश गरयो भन्नु हल्ला मात्र भएको बताएका छन । लोक दोहारी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गदालले कांग्रेस पार्टी कार्यालयमा कलाकारको हैसियतमा सम्मान गर्न बोलाएर आफूलाई कांग्रेसमा प्रवेश गरेको भनेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन । उनले कलाकारको हैसियतमा नेपाल दलित संघले पार्टी कार्यालयमा आफूलाई सम्मान गर्दै टिका र माला लगाएको भने स्पष्ट पारेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस