Print

पट्रोल अव सहज पाइने

१३ फागुन, पर्वत । पेट्रोलियम ढुवानी मजदुरहरुले बिहीबारबाट आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ढुवानी विनियमावली २०७३ को अध्ययन गरी एक महिनाभित्र पेट्रोलियम ढुवानी मजदुरहरुले राखेको माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

मजदुरहरुले आफ्ना माग पूरा गराउन फागुन १५ गते देशव्यापी रुपमा पट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका थिए । आन्दोलनकै कारण असहज हुने भनिएको पेट्रोलियम ढुवानी अब सहज हुने भएको छ ।

विनियमावलीले मापदण्डभन्दा बढी तेल हराएको पाइए हराएको तेलको बजार मूल्यभन्दा दोब्बर क्षतिपूर्ति तिराउने व्यवस्था गरेपछि ट्यांकर चालक तथा मजदुर आन्दोनमा उत्रिएका थिए ।

आन्दोलनको कार्यक्रम स्थगित भएसँगै अब पट्रोलियम आपूर्ति समस्या नहुने निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस