११ फागुन, पर्वत । पर्वतको भुकताङले ८ झिलीवराङमा रहेको झिलीबराङ आधारभुत विद्यालयले स्वर्ण महोत्सव आजवाट शुरु भएको छ । स्वर्ण महोत्सवको उद्घाटन गदै उर्जा राज्य मन्त्री सत्यनारायण भगतले कुनै पनि हालतमा स्थानिय तहको निर्वाचन कसैले रोकेर नरोकिने दावी गर्नुभयो ।
आयोगको गति र सबै प्रमुख राजनीतिक दलहरुको प्रतिवद्ध रहेकाले स्थानिय तहको चुनाव नरोकिने बताउनुभयो । मन्त्री भगतले तोकिएको समयमा स्थानिय तहका साथै अन्य निर्वाचन नभए सवैधानिक संकट निम्तिने बताउनु भयो । उहाँले शिक्षालाई गुणस्तरीय , समसामयिक र व्यवसायमुखि बनाउनुपर्नेमा जोड दिनुभयो । १३ गते सकिने जनाइएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, नेपाली काँग्रेस भुकताङका सभापति जगन गुरुङ, नेकपा एमाले जिल्ला कमीटि सदस्य विमल लामिछाने, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद कुवँर, तमु मुक्ति मोर्चाका अध्यक्ष बखनसिँह गुरुङ, सचिव रुपमा गुरुङ, गुड नेर्भसका जिल्ला संयोजक खड्का बोहरा लगायतले बोल्नु भएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष लामाबखत खुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक धुव्र केसी र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण अखेलीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको समापन विद्यालयका प्रधनाध्यापक कुलप्रसाद पौडेलले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्