Print

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको गम्भीर ध्यानाकर्षण

१० फागुन, पर्वत । विद्यालयलाई शान्ति क्षेत्र वनाइनुपर्छ र वालवालिकालाई राजनीतिवाट टाढा राख्नुपर्छ भन्ने राजनीतिक दलहरुको प्रतिवद्धताका वावजुद पनि हालै रुपेन्देहीको मर्चवारमा सुरक्षाकर्मी र सिके राउत समुहविच भएको झडपमा पढ्न भनि विद्यालय गएका विद्यार्थीेहरुलाई जवरजस्ती आफ्नो स्वार्थ पूर्तिका निम्ति सिके राउत समुहका कार्यकर्ताहरुले जुलुसमा सहभागी गराएको र सोही जुलुसवाट फर्किएका विद्यार्थीप्रति सुरक्षाकर्मीद्धारा निर्ममता पूर्वक लाठी चार्ज गरेको घटनाप्रति वालवालिकाको शैक्षिक हक सुनिश्चित गर्न निरन्तर क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई— नेपाल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एनसिई नेपालले आज जारी गरेको प्रेस विज्ञप्तीमा हालै रुपन्देहीको मर्चबारमा सिके राउत समूह र सुरक्षाकर्मीका बीच भएको झडपमा विद्यालयमा पढाईनै वन्द गरी जुलुस निकालेको र विद्यालयको गेटमा ताल्चा लगाई घर फर्कन समेत वञ्चित गरी जवरजस्ती जुलुसमा सहभागी गराएको घटनाले संविधानले नै सुनिश्चित गरेको स्वतन्त्र रुपमा भयरहित वातावरणमा वालवालिकाको शिक्षा पाउने मौलिक हकलाई चुनौति दिएको ठहर भएको बताएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, नेपालका राजनीतिक दलहरुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न गरेका प्रतिवद्धता माथिपनि यस किसिमका घटनाले प्रश्नचिन्ह खडा गरेको मात्र नभएर जवरजस्ती जुलुसमा समावेश गरिएका अवोध वालवालिकाहरुलाई घर फर्किने क्रममा प्रहरीद्धारा पछाडिवाट लाठी चार्ज गरेको र भाग्न खोजेका विद्यार्थीलाई समातेर निर्ममतापूर्वक कुटपिट गरेको तथ्यले हामीलाई स्तब्ध तुल्याएको छ ।

एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा राजनीतिक दलको स्वार्थको सिकार भएका विद्यार्थीलाई सुरक्षाको दायित्व वोकेका प्रहरीवाटै वेहोस नै हुनेगरी कुटपिट गरेको जस्तो घटना दोहोरिन नदिन तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । – राजेन्द्र पहाडी

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस