७ फागुन, पर्वत । पर्वतको जिल्लाको सदरमुकाममा नवौ पश्मिाञ्चल स्तरीय महिला महोत्सव हुने भएको छ । फागुन २४ गते देखि २८ गतेसम्म पर्वतको कुश्मामा उक्त महोत्सव हुन लागेको हो । महोत्सव उद्घाटन लागि उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवका लागि स्टल निर्माणकार्य र स्टल बुकिङ भने त्रिंब रुपमा भएको महोत्सव मुल आयोजक समितिका संयोजक एव्म रेडियो दिदिवहिनीका अध्यक्ष सांसद कल्पना चापागाइले जानकारी दिईन । नेपाल टेलिकमको मुख्य प्रायोजन रहने महोत्सबमा १०० वटा स्टलहरु रहने छन् । महोत्सवमा लघुउद्यम, अटो, होटल तथा रेष्टुरेन्ट, र अन्य व्यावसायीक स्टलहरु रहने भएका छन् । त्यस्तै कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु पनि रहेको अध्यक्ष चापागाईको भनाई छ । महोत्सवमा आउने दर्शकहरुले पश्मिाञ्चलका महोत्समा नभएको नौलो खेल हेर्नैपाउने चापागाइको भनाई छ । महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेका बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको छ ।
महोत्सवमा यस पटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता बृद्धा, असाय ,र एकलमहिला अनाथ बालबालिका गरि ३०० जनालाई सम्मान गर्नै कार्यक्रम समेत रहेको चापगाइको भनाई छ । साथै रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता लगाएतका आकर्षषणहरु रहनेछन ।
Print
पर्वतमा पश्चिमाञ्चल स्तरीय महिला महोत्सव हुँदै, उद्घाटन उपराष्ट्रपतिबाट हुने




प्रतिकृया दिनुहोस्