Print

बागलुङमा सडक खाना महोत्सव शुरु

६ फागुन, बागलुङ । व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले संविधान कार्यान्वयनको बिकल्प निर्वाचन र निर्वाचनको बिकल्प निर्वाचन मात्र भएको बताएका छन् । शुक्रवारदेखि बागलुङमा शुरु भएको दोश्रो सडक खाना महोत्सवको उद्घाटन गर्दै अधिकारीले देशलाई समृद्धिको बाटोमा हिडाउनका लागि देशको मुलधारको राजनीतिमा जिम्मेवारी बोध हुनुपर्ने बताए । उनले राजनीतिमा फोहोरी खेल भैरहेकोले हिंसा र भ्रष्ट्राचार मौलाएको दावी गरे ।

‘फोहोरको डुंगुर भएको स्थानमा किराको बिउ आफै उम्रिन्छ’ उनले भने, ‘राजनीतिक पद्दती धमिलो र अवसरवादी बनाएपछि भ्रष्ट्रचार, अनियमितता र घुसखोरीतन्त्र मौलायो भनेर नेतृत्व उम्कन मिल्दैन ।’ संविधान जारी गर्दा जस्तै कार्यान्वयनका लागि पनि सबै दल एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले दोहो¥याए । उनले समितिकै अगुवाईमा बागलुङमा बहुउद्धेश्यीय सभाहल निर्माणको पनि पहल गरिने आश्वासन दिए ।

कृषि तथा घरेलु उद्योगको विकास र पर्यटन प्रवद्र्धनका लागि भन्दै नेपाल राष्ट्रिय व्यपार संगठनले दोश्रो पटक महोत्सवको आयोजना गरेको हो । स्थानीय उत्पादनको प्रचार तथा व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पुनमप्रसाद शर्माले जानकारी दिए ।

सडकमै खाने, सडकमै रमाउने र पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम महोत्सवका लागि तय गरिएको हो । जिल्लाका पर्यटकीय र धार्मिक क्षेत्रको प्रचार गर्ने तथा जिल्लामा परंपरादेखि संचालनमा आएका र लोप हुन लागेका कला र संस्कृतिको जर्गेना गर्ने उद्धेश्य राखिएको छ । महोत्सवमा १८ वटा खानाका स्टल सहित अन्य विभिन्न जनचेतना अभिवृद्धि गरिने खालका स्टल पनि राखिएका छन् । ट्राउट माछा, केराका सबै परिकार सहितको स्टल, गोविन्दाज शुद्ध शाकाहारी भोजनालय, खीर स्टल, बंगुर सहित विभिन्न प्रकारका खानाका स्टल पनि छन् । – रामकृष्ण बोहोरा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस