Print

नेपाल प्रहरीको आईजीपी बढुवा विवादमा

२ फागुन, काठमाडौं । डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय विवादित भएको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । सोमबार नै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आईजीपी नियुक्ति विवाद बढेको हो ।

यससँगै, तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकको भूमिका कमजोर भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले अमेरिकामा सयौं आप्रवासी पक्राउ परेको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।

कान्तिपुर दैनिकले विप्लव माओवादीको महाधिवेशन सुरु भएको समाचारलाई महत्व दिएको छ । त्यस्तै दुर्गम जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न नसकेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।नागरिक दैनिकले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अचानक भारत पुगेको समाचार र कालिकोटको सुनाथली एयरपोर्टमा जहाज उत्रिएपछि खुसी भएका स्थानीयको स्टोरीलाई प्राथमिकता दिएको छ ।

निर्वाचन गर्ने मामलामा सरकार अझै अलमलमा भएको समाचारसँगै राजधानी दैनिकले काठमाडौंमा १० वर्षसम्म सडक खन्ने र पुर्नेमात्रै काम भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा अझै स्ववियु निर्वाचन हुनेमा शंका भएको समाचार छापिएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस