Print

लक्ष्मण श्रीको पञ्चेबाजाको गीत सार्वजनिक (भिडियो सहित)

२६ माघ, पर्वत । ‘धौलागिरी मायालु हिमालको काखैमा’ नौमती बाजाको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो बागलुङमा छायांङ्कन गरिएको थियो । पुरानो लोक संस्कृति नौमती बाजाको पहिचानलाई सम्मान गर्दै तयार पारीएको नौमती बाजाको पन्चे बाजामा रहेको गीत गायक लक्ष्मण श्रीले भर्खरै मात्रामा बजारमा सार्वजनिक गरेका छन ।
बि. बि. अनुरागीको एरेन्ज र गायक लक्ष्मण श्री को शब्द, संगीत र स्वरमा उक्त गीत बजारमा आएको हो । गीतमा महिला आवाज गायिका कृष्ण परीयारको रहेको छ । पुरानो लोक संस्कृति नौमती बाजाको पहिचान लाई सम्मान गर्दै आफ्नो ठाउँ धौलागिरी लाई अन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुराउन उक्त गीतले मद्दत गर्ने छ ।
छुट्टै कला पहिचान बोकेको पुरानो लोक संस्कृति नौंमति बाजाको गीतको भिडियोले दर्शक श्रोताको अपार माया पाउनेमा गायक श्री विश्वस्त रहेको जानकारी दिनु भयो ।

भिडियो

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस