२६ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले स्थानीय निर्वाचनको विषयमा भएका विभिन्न गतिविधिसँगै ठूला दलभित्र बढ्दो अन्तरकलहसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।
संविधान संशोधनमा फेरि संशोधन गर्ने तयारी भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ । त्यस्तै, सुन तस्करीका लागि लगेजमै लाखौं डलर विदेश पुर्याउने गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
निर्वाचन आयोगले जेठ १ र २१ गते निर्वाचन मिति प्रस्ताव गरेको समाचारलाई राजधानी दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतको आदेशबिना कल डिटेल हेर्न नपाएइने समाचारलाई महत्व दिएको राजधानीले ‘नामर्द’ले जन्माएको अपराध शीर्षकको समाचारलाई एंकर बनाएको ।नयाँ पत्रिका दैनिकले सात महिनामा १५ प्रतिशतमात्रै विकास खर्च भएकोलाई ‘ब्यानर न्यूज’ बनाएको छ । त्यस्तै राप्रपाको ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको समाचारलाई पनि महत्व दिएको छ ।
नागरिक दैनिकले निर्वाचनको विषयमा सत्तारुढ दलभित्र अन्तरकलह बढेको समाचारलाई प्राथमिकता दिएको छ ।
काठमाडौंमा बढ्दो धूलोमैलोसम्बन्धी स्टोरीले कान्तिपुर दैनिकमा प्राथमिकता पाएको छ ।
नेपाल समाचारपत्र दैनिकले आईएसआईका प्रतिनिधि सार्वजनिक भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।





२०७३ माघ २६ गते ६:१९ मा प्रकाशित





प्रतिकृया दिनुहोस्