Print

सुशीला कार्कीलाई महाअभियोग लगाउन माग

१९ माघ, काठमाडौं । जथाभावी न्यायाधीश नियुक्त गरेर न्यायालयको मर्यादामा क्षति पुगाएको भन्दै कानून व्यवसायीहरूको एक भेलाले प्रधानन्यायाधीश एवम् न्यायापरिषदकी अध्यक्ष सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याउन माग गरेको छ ।

गत सोमबार वीरगञ्जमा आयोजित कानून व्यवसायीहरूको भेलाले उक्त माग गरेको हो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

भेलापश्चात पाँच बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीले भनेका छन्, ‘न्यायपरिषदमा गरिएको उच्च अदालतको न्यायाधीश नियुक्ति गैरसंवैधानिक र गैरकानूनी भएकाले सो निर्णय अस्वीकार गर्दै संविधानको उल्लंघन गर्ने न्यायपरिषदका अध्यक्ष र सदस्यहरूमाथि महाअभियोगलगायतका आवश्यक कानून कारबाही अविलम्ब गर्न माग गर्दछौँ ।’

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस