उनले गाएका सबै गितले दर्शहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । युवादेखि बृद्ध बृद्धासम्मलाई नचाउने खालका उनका गितले महोत्सवलाई छुट्टै रौनक दियो । शर्माको बसी बसी खान्छु भन्दा ढाड दुखेर मा¥यो……बोलको गितदेखि बत्ती बाल्न पर्दैन त्यो ठाउँमासम्मका गितमा दर्शकहरु छमछमी नाचेका थिए ।
शर्माले हालै मात्र बाहिर सार्वजनिक गर्ने तयारीमा रहेको गित सररर पेलेनमा आए, मलाई अमेरिका यहिँ………, आउ यता डल्ली, माया भुल्ने औषधि पाए, लास्टै चोटी हो लगायतका गित गाएका थिए । पर्वतमा गुञ्जिने स्थानीय लोक भाका र पशुपतीको दर्शक नचाउने शैलीका कारण महोत्सवमा छुट्टै रौनक छाएको पाईन्थ्यो ।
गत बिहिबारदेखि सुरु भएको पाँचौं पर्वत महोत्सवमा कलाकारहरुको प्रस्तुतीले महोत्सवलाई आकर्षक बनाएको छ । महोत्सवमा करिब ३ दर्जन कलाकारहरुको प्रस्तुती रहने छ । लोक तथा आधुनिक विधाका साथै डिजे पप कन्सर्टसम्म रहने बताईएको छ । महोत्सवमा कलाकार प्रजापती पराजुली, सम्झना भण्डारी, कृष्ण देबकोटा, प्रकाश सपुत, राजन ठकुरी, योजना गिरी, कुलेन्द्र विश्वकर्मा, कृष्ण अखेली, लगायतले आफ्नो प्रस्तुतीमा दर्शकलाई मनोरञ्जन दिएका थिए ।
१३ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन परेको झरीका कारण महोत्सव प्रभावित हुँदा कलाकार बद्री पंगेनीको प्रस्तुती भने स्थानीयले हेर्न पाएनन् । स्थानीय कला संस्कृतीको संरक्षण एवम् संबद्र्धन गर्ने उद्देश्यले संचालित महोत्सवमा खुल्ला रत्यौली गीत प्रतियोगिता, नृत्य, लोक गीत तथा कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रम रहेका छन् ।