Print

सैँले भर काट्यो (भिडियो सहित)

एक युवती जो अरू कोहीलाई प्रेम गर्छिन् । तर बाध्यता उनको बिहे अर्कैसँग हुन पुग्छ । दैनिकी चलाउँदै जाँदा कुनै न कुनै तरीकाले पूर्व प्रेमी भेटिएको अवस्थामा श्रीमानले अनावश्यक शङ्का गर्छन् । श्रीमतीमाथि श्रीमानले गरेको अत्याचारले युवती पीडित हुन्छिन् । आफ्ना पूर्व प्रेमीसँगका प्रेमील  पलहरु झलझली यादमा आउँछन् ।

उनी पूर्व प्रेमीलाई जति सझिन्छन उनीमाथि त्यति नै धेरै यातनाका पिडाहरू खनाइन्छन् । अन्ततः दिन यस्तो आई युवती मानसिक सन्तुलन नै गुमाउन पुग्छिन् ।

पूर्व प्रेमी पनि आफूले माया गरेको व्यक्तिलाई गुमाउनुपर्दाको पिडामा यसै बेहोस बेहोस हुँदै भौँतारिएका छन् । मायालुको साथ रहुन्जेलका सज्जन युवक बिस्तारै मदिराको साथमा रमाउन पुग्छन् । माया गरेको व्यक्तिलाई बिर्सनको लागि उनले अरू केही विकल्प नै देख्दैनन् ।

अन्तिम एक पलमा उनीहरूको भेट हुन्छ जुन बेला ती युवती मानसिक सन्तुलन गुमाएको अवस्थामा कुश्मा ज्ञादी झोलुङ्गे पुलमा बेवारिसे भएको अवस्थामा उनका पूर्व प्रेमी मदिराको नसामा त्यहीँनेर पुग्छन् । सुरुमा त उनले पहिचान नै गर्न सक्दैनन्, तर पछि उनी आफ्नो प्रेमीका भएको थाहा पाउँछन् । उनी कराउँछन्, चिच्याउँछन्, तर त्यसले कुनै नतिजा दिने अवस्था भने थिए ।

यो दृश्य हो लोक तथा दोहोरी गायक सुदीप क्षेत्रीले शनिवार मात्रै सार्वजनिक गरेको आफ्नो साङ्गीतिक कोसेली ‘सैँ ले भर काट्यो’ को हो । विशेषतः वियोगान्त विधामा आधारित गीतहरू तयार पार्न र स्वर भर्न सिपालु क्षेत्रीले बालापनको उमेरदेखि बसेको माया छुट्टिनुपर्दाको पिडामा दुई प्रेमीहरूको जीवन कसरी उजाडिन सक्छ भन्ने कथा प्रस्तुत गरेका छन् ।

सूदीप क्षेत्रीकै शब्द रचना रहेको गीतमा क्षेत्री र सिता परियारले स्वर भरेका छन् । तारानाथ आचार्यको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडिओको निर्देशन अर्जुन थापाले गरेका छन् । कमल एलेक्सको छायाङ्कन र सम्पादन रहेको गीतमा नवराज गिरी, सिर्जना गुरुङ र दीपेश बि. पोख्रेलको अभिनय रहेको छ ।