Print

सल्लाह गरेर टाढिनु पर्ने, हल्ला गरेर छाड्यौ


१८ फागुन, पर्वत । बागलुङकी सिम्रन परियार यति बेला स्टेज कार्यक्रमहरुमा ब्यस्त छिन् । सामाजिक सञ्जाल हुँदै रेकडिङ स्टुडियो छिरेकी सिम्रनले छोटो अवधिमा हस्ती भनिएका कलाकारलाई समेत पछाडी पारेकी छिन् ।

प्रमोद खरेलले गाएको ‘उस्लाई पाउनलाई २’ गीतको दोस्रो रेकडिङ पछि चर्चाको शिखरमा पुगेकी सिम्रनले गाएको ‘पानी परेको तिम्रो याद आएर बेशी झरेको’ गीतले उनलाई स्थापीत कलाकारको संज्ञा नै दियो ।

विहिबार कुश्मामा आयोजीत मगर महोत्सवको स्टेजमा सिम्रनले आधा दर्जन बढि गीतहरु गुनगुनाईन । कार्यक्रममा सिम्रनले ‘परेली भित्र तिम्रै छ नी चित्र’ गीत गाउँदा दर्शकको थप साथ पाइन् । कार्यक्रममा उनले ‘यो पाउँजु छमछम’ लगाएतका गीतहरु गाएकी थिइन् ।

मगर संस्कृति कला र परम्पराको संरक्षण गर्ने गरी पुन युवा क्लबले आयोजना गरेको महोत्सव आगामी फागुन २६ गतेसम्म सञ्चालन हुन्छ । २ सय बढि स्टलहरु रहेको महोत्सवमा पछिल्लो पुस्ताका दर्जन बढि कलाकारहरुको प्रस्तुती रहने महोत्सवका प्रेस संयोजक सुमन थापाले जानकारी दिए ।