१५ माघ, पर्वत । पर्वतको कुस्मामा संचालन भईरहेको पाँचौं पर्वत महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको लर्को लागेको छ । महोत्सवमा दर्शकहरुको आकर्षण बढाउन आयोजकले विभिन्न क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुलाई निन्त्याएको हो ।

महोत्सवको तेस्रो दिन आज हजारौं दर्शकहरुका माझ कलाकार प्रकाश सपुत विक, राजन ठकुरी, तुलसा जिसी, ईश्वर सिंह, राजन गुरुङ, भुमिका गिरी लगायतले आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्ज दिए ।
कलाकारहरुले धौलागिरीका साथै पश्चिमाञ्चल क्षेत्रका लोक गितहरुको प्रस्तुती गरेका थिए । महोत्सवमा कलाकार प्रकाश सपुत विक र तुलसा जिसीको दोहोरी घम्साघम्सीदेखि कलाकार राजन ठकुरीका सिमसिम पानी रै छौ बेईमानी बोलका गितसम्म गुञ्जिएका थिए ।

कलाकार राजन गुरुङका उहि खोलीको पानी उहि खोलीको माछा, आकाशै माथि, मै जन्मेको घान्द्रुक गाउँ लगायतका गितले दर्शहरुको मन जितेको थियो । त्यसैगरि गायिका भुमिका गिरीका तिउन मिठो बनायो चुकैले, हेर्ने ठाउँ त्यहिँछन् हजार जस्ता गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएकि थिईन् ।

कलाकारहरुका प्रस्तुतीले दर्शकहरुको समेत उल्लेख्य सहभागिता रहेको छ । हिजो बेमौसमे पानीका कारण कलाकारहरुको प्रस्तुती हेर्न नपाएर निराश बनेका दर्शकहरु आज भने मनोरञ्जका लागि महोत्सव स्थलमा भरिभराउ भएका थिए ।





प्रतिकृया दिनुहोस्