Print

मोदी गाउँपालिकाको बजेट खर्च ७६.३४ प्रतिशत


३० असार, पर्वत । मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गर्दै समग्र बजेट खर्च ७६.३४ प्रतिशत पुगेको जनाएको छ। गाउँपालिकाले विनियोजन ऐन, २०८२ अनुसार स्वीकृत बजेटमध्ये असार २५ गतेभित्र कानुनी प्रक्रिया पूरा गरी पेश भएका सबै भुक्तानी सम्पन्न गरिएको जनाएको हो।


सार्वजनिक गरिएको विवरणअनुसार गाउँपालिकाको कुल ६३ करोड ६३ लाख ५० हजार रुपैयाँ विनियोजित बजेटमध्ये ४८ करोड ५१ लाख १९ हजार ८ रुपैयाँ ५३ पैसा खर्च भएको छ।


खर्च विवरणअनुसार चालुतर्फ ४८ करोड ३ लाख २५ हजार रुपैयाँ विनियोजन भएकामा ४० करोड २४ लाख ३२ हजार ५४६ रुपैयाँ ५८ पैसा खर्च भई ८३.८७ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।
यस्तै, पुँजीगततर्फ १५ करोड ६० लाख २५ हजार रुपैयाँ विनियोजन भएकामा ८ करोड ३४ लाख ८६ हजार ४६१ रुपैयाँ ९५ पैसा मात्र खर्च भएको छ, जुन ५३.५१ प्रतिशत हो।


प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले गाउँपालिकाले तोकिएको समयभित्र कानुनी प्रक्रिया पूरा भएका सबै भुक्तानी सम्पन्न गरेको बताउँदै वित्तीय अनुशासन कायम राख्दै बजेट कार्यान्वयन गरिएको जानकारी दिए।