Print

विद्यालयलाई शैक्षिक सामग्री सहयोग

१२ असार, पर्वत। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई आवश्यक तथा उपयोगी शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

बैंकले विद्यालयलाई एक थान स्पिकर, एक थान प्रिन्टर तथा १०० लिटर क्षमताको युरोगार्ड (पानी शुद्धीकरण उपकरण) प्रदान गरेको हो। विद्यालयको आवश्यकता महसुस गर्दै प्रदान गरिएको उक्त सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यसम्पादनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक प्रमोद ओझाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व तथा शिक्षाप्रतिको प्रतिबद्धताबारे प्रकाश पार्दै शिक्षा क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्दै सहयोग उपलब्ध गराएकोमा बैंकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक आनन्द पौडेलले गर्नुभएको थियो भने सामग्री हस्तान्तरण कार्यक्रमको समन्वय शिक्षक इन्द्रप्रसाद शर्माले गर्नुभएको थियो।

विद्यालयको आवश्यकतालाई आत्मसात् गर्दै प्रदान गरिएको यस सहयोगले पठनपाठन, प्रशासनिक कार्य तथा विद्यार्थीका लागि स्वच्छ खानेपानीको व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ। विद्यालय परिवारले यस महत्वपूर्ण सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।