Print

पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगीता हुने

१३ माघ पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुन २२ गते देखि राष्ट्रिय स्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । रेडियो दिदिवहिनीले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियाको सातौ वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न हो ।
कुश्मा बजारमा हुन् लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुनेछ । प्रतियोगितामा ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने आयोजकले जनाएकोछ ।
प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३/३ हजार पुरस्कार पाउने छन् ।
अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ । कार्यक्रममा बोल्दै आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताइन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस